४ मंसिर २०८१ मंगलबार
image/svg+xml

सन्राइज बैंकद्धारा स्वास्थ्य बीमा भुक्तानी

सन्राइज बैंक लिमिटेडले ग्राहकहरुको लागि‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गत स्वास्थ्य बीमा रकम भुक्तानी गरेको छ । भक्तपुर शाखाका ग्राहक सानु मैंया राइठोरको मोती विन्दु शल्यक्रियाान लागेको १२ हजार रुपैया बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ ।

गण्डकी विकास बैंकको थप आठ शाखा

गण्डकी विकास बैकले बुधबारबाट थप आठवटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मकवानपुरको हेटौंडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाडौं नयाँ बानेश्वरमा शाखा खोलेको हो।

बाँसगढीमा एभरेस्ट बैंक

एभरेस्ट बैंकले बर्दियाको बाँसगढीमा शाखा खोलेको छ ।उक्त शाखाको समुद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

सिभिलको स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन

सिभिल बैंकले स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन ल्याएको छ । बैंकले ग्राहकलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त एप्लिकेसन ल्याएको हो।

लाखभन्दा बढीको रेमिटेन्स भुक्तानी बैंक खाताबाट

नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिटेन्स पठाउँदा १ लाख रुपैयाँभन्दा माथिको भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ।

गन्जभवानीपुरमा कैलाश विकास बैंक

कैलाश विकास बैक लिमिटेडले बाराको गन्जभवानीपुरमा ४८औं शाखा खोलेको छ। उक्त शाखा महागढिमाई नगरपालिकाका उपमेयर तारादेवी कानुले उद्घाटन गरेको बैंकले जनाएको छ।

कोहलपुरमा जनता बैंकको शाखा

जनता बैंक नेपाल लिमिटेडले बाँकेको कोहलपुरमा शाखा विस्तार गरेको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा बैंकले १०८औं शाखा खोलेको छ।

सानिमाको होम बैंकिङ सेवा

सानिमा बैंकले नयाँ वर्ष २०७५ को अवसरमा होम बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले जेष्ठ नागकिलाई लक्ष्य गरी होम बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।

नबिल इन्भेस्टमेन्ट बैंकिङ मोबाइल एप सार्वजनिक

नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले ‘अत्याधुनिक’ नबिल इन्भेस्ट एप सार्वजनिक गरेको छ। यो एप गुगलमा रहेका कारण आइओएसमा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ।

बैंकहरूले समयमा दिँदैनन राहत रकम

निजी आवास निर्माणका लागि राज्यले उपलब्ध गराएको आर्थिक राहत बैंकबाट भनेको समयमा नपाउँदा जिल्लाका भूकम्पपीडित मारमा परेका छन्। आफ्नो नाममा पैसा आइसक्दा पनि भनेको समयमा पैसा नपाएपछि पीडित बैंकप्रति आक्रोशित बन्ने गरेका छन्।

टंगालमा प्रभु बैंकको शाखा

प्रभु बैंकले काठमाडौं महानगरपालिकाको टंगालमा नयाँ शाखा विस्तार गरेको छ। उक्त शाखा बैंकका सञ्चालक अम्बिका शर्मा लामिछानेले उद्घाटन गरेको बैंकले जनाएको छ।

माछापुच्छे बैंकको सिइओमा शर्मा

माछापुच्छे बैंककोे प्रमुख कार्यकारी अधिकृतमा (सिइओ) सुमन शर्मा नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई सिइओ नियुक्त गरेको हो।

नेपाल क्लियरिङ हाउस र कृषि विकास बैंकबीच सम्झौता

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र कृषि विकास बैंकबीच अन्तरबैकिङ भुक्तानी प्रणाली सम्बन्धी (आइपिएस) सम्झौता भएको छ।

मन्दिरलाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले चितवनमा नवनिर्मित कृष्ण प्रणामी मन्दिर निर्माणका एक लाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई एक लाख १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक अवस्था कमजोर भएका ४४ जना मोतिबिन्दु बिरामीको शल्यक्रियाका लागि उक्त रकम सहयोग गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्