४ मंसिर २०८१ मंगलबार
image/svg+xml

सांग्रिला बैंकको हकप्रद बाँडफाँड

सांग्रिला डेभलपमेन्ट बैंकले नौ लाख एक हजार नौ सय ९७ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको छ । यसमध्ये संस्थापक समूहका तीन लाख ९२ हजार सात सय ७२ कित्ता र सर्वसाधारण समूहका पाँच लाख नौ हजार दुई सय २५ कित्ता बाँडफाँड भएको बैंकले जनाएको छ।

कुमारी बैंकद्वारा वृक्षारोपण

कुमारी बैंकको वीरगन्ज शाखाले वृक्षारोपण कार्यक्रम गरेको छ । बैंकको १७औं वार्षिकोत्सवको अवसरमा वीरगन्ज शाखाले वृक्षारोपण गरेको हो।

लक्ष्मी बैंकको भिसा डेबिट कार्ड

लक्ष्मी बैंकले भिसा डेबिट कार्ड ल्याएको छ । ग्राहकको कारोबार सुरक्षाका लागि बैंकले थ्रिडी सेक्युर सर्भिसले सुरक्षित ठहर्‍याएको कार्ड प्रयोगमा ल्याएको जनाएको छ।

औरही गाउँपालिकामा सन्राइज बैंक

सन्राइज बैंकले सोमबार धनुषाको औरही गाउँपालिकामा शाखा विस्तार गरेको छ । औरही गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादव र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादवले संयुक्त रुपमा उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

गौशाला बनाउन कुमारी बैंकको सहयोग

कुमारी बैंकको धनगढी शाखाले गोदावरी धामस्थित मन्दिर मर्मत र गौशाला निर्माणका लागि जस्तापाता सहयोग गरेको छ । बैंककले १७औं वार्षिकोत्सवको अवसरमा उक्त सहयोग गरेको हो।

कुमारी बैंकको स्वास्थ्य शिविर

कुमारी बैंकले स्वास्थ्य शिविर गरेको छ । बैंकको १७औं वार्षिकोत्सवको अवसरमा नर्भिक इन्टरनेसनल हस्पिटलको सहकार्यमा स्वास्थ्य शिविर गरेको हो।नर्भिक हस्पिटलद्वारा उक्त शिविरमा ३० प्रतिशत छुट गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सिद्धार्थ–रिलायन्स लाइफ बैंकासुरेन्स सम्झौता

सिद्घार्थ बैंक र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ। बैंक र उक्त इन्स्योरेन्सबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

एक्सेल बैंकको विशेष सभा

एक्सेल डेभलपमेन्ट वैंकको विशेष साधारण सभा भएको छ। शुक्रबारको उक्त सभाले बैंकको कार्यक्षेत्र झापा, मोरङ र इलाम तीन जिल्ला रहेकोमा पाँचथर र सुनसरी दुई जिल्ला थपेर पाँच पु¥याउने गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ।

जनता बैंक नौ वर्षमा

जनता बैंक आठ वर्ष पूरा गरी नौ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले शुक्रबार बैंकिङ साक्षरता सम्बन्धी चेतनामूलक कार्यक्रमसहित प्रभातफेरि गरेको जनाएको छ।

चुक्ता पुँजीमा राष्ट्र बैंक लचिलो

तोकिएको समयभित्र चुक्ता पुँजी नपु-याउने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने चेतावनी दिँदै आएको राष्ट्र बैंक अहिले भने लचिलो नीति ल्याउने तयारीमा जुटेको छ।

कावासोतीमा एभरेस्ट बैंक

एभरेस्ट बैंकले नवलपरासीको कावासोतीमा शाखा विस्तार गरेको छ। नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ।

सेञ्चुरी–रिलायबल बैंकास्योरेन्स सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्सको सम्झौता भएको छ।

नेपाल लाइफ–एभरेस्ट बैंकासुरेन्स सम्झौता

नेपाल लाइफ इन्स्योरेन्स र एभरेस्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ। ग्राहकलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बिमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स र एभरेस्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको हो।

कुमारी बैंकमा रक्तदान कार्यक्रम

कुमारी बैंकले १८औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।बैंक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी र ग्राहक गरी एक सय तीनजनाले रक्तदान गरेका छन्।

सेञ्चुरी बैंकले कम्प्युटर दियो

सेञ्चुरी कमर्सियल बैंकले चण्डेश्वरी माविलाई तीन थान कम्प्युटर वितरण गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रे–४, बनेपास्थित उग्रचण्डी नाला समाजमार्फत सो विद्यालयमा कम्प्युटर वितरण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्