७ वैशाख २०७८ मंगलबार

हजुरबा हजुरआमा

हजुरआमासँग तपाइँहरू घरमा गएर बस्नु मात्र होस् । केही गर्नु पनि पर्दैन भन्दै आमा रुनुभयो । हजुरबाहरूले तपाई हाम्रो खुसीका लागि कति दुःख गर्नुभयो । उहाँहरू त भगवान् हो । हजुरआमा र हजुरबा भएको घर त पवित्र मन्दिर हो– जिज्ञासुले भनिन् । हजुरबाका आँखाबाट आँसुका ढिक्काहरू गालातिर झरे । हजुरबाले दुवै नातिनातिनीलाई अँगालोमा बाँध्नुभयो । आमाबुबाले पनि छोराछोरी र हजुरबा हजुरआमालाई अँगालो मार्नुभयो । जिज्ञासुले परिवर्तनको हात दह्रो समातेर हामी सफल भयौँ भन्ने सङ्केत दिइन् । सबै जना मिलेर घर फर्किए ।

तिमीलाई

कहिलेकाहीँ घरमा चुल्हो नबल्दा पेटमा सारङ्गी रेटे होलान् राम्रो लगाउने इच्छाहरूले पनि त भेटे होलान् तर पनि गुनासाका कुनै पोका फुकाइनौ दुःख मनभित्र राखेर खुसी भने कहिल्यै लुकाइनौ।

भोकको शहीद

मलाई हैजाको कारण देखेर भोकले मार्यौ निरोगी बन्ने लालची अभियानमा लागेका तिमी आज क्यान्सर रोगद्वारा महारोगी भएका छौ तिम्रो आत्माझैं मेरो मृत आत्मा पनि भड्किरहेछ वरिपरि तिम्रैनियालिरहेछु तिम्रो सम्पूर्ण गतिविधि म भोकको शहीद माखो हुँ ।

मनभरि रहर

कतै मजस्तै एकल भएर हो कि! छोराबुहारी, नातिनातिना कामतिर लागे होलान् । घर ट्वाल्ल एक्लै अनि त अनुहार किताबमा नदौडेर के गर्नु ? लौ हे र घ्वाप्पै अँगालोमा बेरूँलाझैँ गरेको ! कस्तो भन्या परिवार छ,समाज छ ! बार भत्काउन नसकिने ! रहर त मलाई पनि कम्ती छैन नि !

लघुकथाका पात्र

बहस अन्त्य हुने छनक थिएन। तर, लघुकथाकार द्रोणप्रसाद आफूलाई केही कथालाई पुग्ने पात्र बोकेर त्यहाँबाट लुसुक्क निस्किसकेका थिए।

बिस्कुन

‘आमा केटाकेटी स्कूलबाट भोकाएर आउँछन्। खाजा बनाएर दिनु। बाख्रालाई यसो बारीका डिलको घाँस काटेर टाट्नामा राखिदिनु। भैंसीलाई खोलेपानी दिने बेलामा त छोरा आउनुहुन्छ होला। तपाईं सक्नुहुन्न। बिरामी अवस्था छ। बुढो शरीर छ। अँ अनि बिस्कुन सुकाइराखेको छु बाहिर। गड्याङ्गगुडुङ्ग हुनेबित्तिकै उठाउनुपर्छ। धेरैं हिँड्डुल नगर्नु है’ भन्दै बुहारी कल्पना लागिन् बेंसीखेततर्फ।

उहिल्यै र अहिले

हुन त सधैँ धरतीमा बाँच्न कोही पनि आएको छैन । यहाँ भएका हरेकले एक दिन न एक दिन बिदा भएर जानैपर्छ । यद्यपि आत्मविश्वासका साथ आहारविहारमा सन्तुलन राख्न सके मृत्युलाई पनि पराजित गर्न सकिने रहेछ । आफन्तजनको प्रेमले रोगीलाई रोगसँग लड्ने तागत दिलाउने रहेछ।

विगतहरू

दुःखले कहिलै नछोडेको मान्छे दुःख नै प्यारो आफन्त बनाएको मान्छे आँसु ढिकाले गाला कति भिजे था छैन कति ओठ सुके था छैन दुखियाले सुख खोज्नु नै सुख नपाउने गरी दुख भोगेको मान्छे अनि दुखको सिँढी चढेर बल्र्याङ्ङ फेरि जरैमा पुगेर लडेको मान्छे आहा भनेर रमाउनुपर्ने फेरि त्यसैमा दुख मानेको मान्छे त्यसैमा चिन्ता गरेको मान्छे।

आयो वर्ष नयाँ अघोर रूपमा ढाकेर चारैतिर

कोलाहल् दुनियाँ भयो तर पनि पीडा नलिईकन नौटङ्की नखरा बनाएर अहो ! आयौ खुशी भैकन सौगात् लास शिवाय छैन महिमा गर्ने मनै छैन भो बस्ने छैन कहीं सुवर्ण खटिया फर्केर गए भयो ।।

आयो वर्ष नयाँ अघोर रूपमा ढाकेर चारैतिर

कोलाहल् दुनियाँ भयो तर पनि पीडा नलिईकन नौटङ्की नखरा बनाएर अहो ! आयौ खुशी भैकन सौगात् लास शिवाय छैन महिमा गर्ने मनै छैन भो बस्ने छैन कहीं सुवर्ण खटिया फर्केर गए भयो ।।

लादीको रोइला

मैले अनायासै भनेँछु–आन्द्रा पनि खायौ, भुँडी पनि खायौ त । अब के रोइला गाउँछौ यार ? मरिजाने जिन्दगीमा खान पुगेन भने साथीको नाताले एक बोरा चामल म किनिदिऊँला । तर , अब लादी पनि खाने विचार त छोड।

हत्केलाले नछेकिएको घाम

यतिबेला घाम अझै तेजिलो देखियोउनले हत्केलाले छेक्न खोजिन् तर, छेकिएन कसैले माथिबाट दस रुपिँया झारिदियो हतारहतार टिप्न खोज्दा अलिकति छेकियो घाम कथा अधूरै लाग्दै थियो मेरो कलमको मसी सकिएछ। हुन त, लेख्न पनि के नै बाँकी थियो र।

गोपीको ‘काँचो कागज’माथि विमर्श

हुन त उनी कार्यक्रममा सशरीर उपस्थित थिएनन् । तर, सहमति सभाहल गैंडाकोटमा उपस्थित ५० जनाभन्दा बढी साहित्यप्रेमीमाझ उनी पनि उपस्थित भएजस्तै महसुस भयो । यसलाई सम्भव पारेको थियो प्रविधिले । हाल बेलायतको लण्डनमा रहेका सापकोटा ‘भर्चुअल’ रूपमा कार्यक्रममा उपस्थित भए भिडियो कलमार्फत।

नववर्ष

नयाँ वर्ष तिमीलाई हराएपछि सुनाएर फेरि पुरानै दिलहरूमा पसेर बस्ने कुनै नयाँ प्रोजेक्ट नपाएपछि मैले व्यर्थै आकांक्षाहरू समयको वेगमा रोपिदिए पुरानो वर्षलाई बिदाई नयाँलाई स्वागत छ।

खोई

मैले भने कुरा भनेको यस्तै हो दाइ कुरो र कुलो अनि यो देशको ठग्ने नेताको बोली जता लगे नि हुन्छ । अब यस्ता कुरा गरेर आफ्नो मन भारी बनाउनुभन्दा बरु चूपचाप लागि घर पुगेर आनन्दले विश्राम गर्नु नै राम्रो हो । दाइ जौँ अब मैले भने .. ।दाइले अलिक मेरो घुमाउरा कुरा नबुझेँ पनि उहाँको जवाफ भने भारी बोक्दै आधाकल्चो बुझाइमा आएको थियो –खोई ...।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्