७ आश्विन २०८१ सोमबार
image/svg+xml

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

नवलपरासीको कावासोती नगरपालिका—३ मा मंगलबार विहान भएको सडक दुर्घटनामा एक बालकको मृत्यु भएको छ। लु ३ त ५१७० नम्बरको ट्याक्टरले ठक्कर दिँदा कावासोती नगरपालिका—१६ का १४ बर्षीय सुवाश विक गम्भीर घाइते भएका थिए।

कायरोको एक चर्चमा आक्रमण हुँदा २५ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोमा रहेको एक चर्चमा आक्रमण हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ। इजिप्टेली अधिकारीहरुले उक्त आक्रमणमा परी कम्तीमा ४९ जना घाइते भएका जनाएका छन्। क्रिस्मसको समय सुरु हुन लागेको बेला आक्रमण भएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

कठ्याङ्ग्रिएर एक वृद्धाको मृत्यु

अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण जाडोले कठ्याङ्ग्रिएर महोत्तरीको गौशालामा एक जना वृद्धाको मृत्यु भएको छ। गएराति गौशाला नगरपालिका-५ का ६५ वर्षीया वृद्धा शलवदेवी सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको हो।

इस्तानबुल विस्फोटमा ३८ को मृत्यु

टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम विस्फोटमा परी ३८ व्यक्तिको मृत्यु भएको छ ।

जिप दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

अरनिको राजमार्ग भैँसेपाटीमा टाटा सुमो जिप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने चालकसहित नौ घाइते छन् ।

तेह्रथुममा बस दुर्घटना, ३ को मृत्यु, २८ घाइते (फोटोसहित)

धरानबाट तेह्रथुमको म्याङ्लुङ लागि छुटेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। पहाडी सुपर नामको ना ४ ख २८६५ नम्बरको बस सडकबाट करिव सय मिटर तल खसेको हो।

इस्तानबुलमा बिस्फोट, २९ जनाको मृत्यु

टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम बिस्फोटमा परी २९ व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटमा परी २७ प्रहरी अधिकृत र दुई सर्वसाधारणको मृत्यु भएको छ ।

बुल्गेरियामा ग्यास बोकेका रेल विस्फोटमा पाँचको मृत्यु

बुल्गेरियाको हिट्रिनो रेल स्टेसनमा ग्यास लिएर आएको एक रेल ट्र्याक बाहिर गएपछि दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । ग्याससहितको रेल दुर्घटना भएपछि ग्यास विस्फोट भएको र विस्फोटमा घटनास्थलमै चारजनाको मृत्यु भएको थियो भने घाइते एकजनाको उपचारका क्रममा मृत्यु भएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा दुईको मृत्यु

-काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–१ भैसीपाटीको अरनिको राजमार्ग सडकखण्डमा आज बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय निलम कार्की र मोरङ मधुमाला–७ बस्ने ३५ वर्षीय मदन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।

टिपरले ठक्कर दिँदा जीपमा सवार दुईकाे मृत्यु

दमकबाट सिन्धुली हुँदै काठमाडौं गइरहेको टाटा सुमो जीपलाई आइतबार विहानै टिपरले ठक्कर दिँदा काभ्रे, भैंसेपाटीमा २ जना यात्रुको मृत्यु भएको छ। ५ जना यात्रु घाइते भएका छन्।

अत्मघाती बम हमलामा ५६ को मृत्यु

नाईजेरियाको उत्तरपुर्वी क्षेत्रमा शुक्रबार भएको आत्मघाती बम हमलामा परी मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ५६ पुगेको छ ।

बारामा सवारी दुर्घटना, चार जनाको मृत्यु

वीरगंजबाट नारायणघाटतर्फ आउँदै गरेको जन्ती बाेकेकाे यात्रुवहाक बस र हेटाैंडाबाट पथलैया जाँदै गरेकाे कार एक अापसमा ठाेक्किँदा भएकाे दुर्घटनामा कारमा सवार चार जनाकाे मृत्यु भएको छ। शनिबार विहान बाराको आधाभार जंगलमा भएकाे दुर्घटनामा कार चालकसहित चारजनाको मृत्यु भएको मध्यमाञ्चल ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र मैनालीले जानकारी दिए।

जयललिताको मृत्युले बागमती अञ्चल यातायात कार्यालयको सेवा अवरुद्ध !

सवारी चालक अनुमतिपत्र आवेदनका लागि शुक्रबार बिहानै बागमती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुना पुगेका सेवाग्राहीले सधैँ जस्तै टोकन लिए। फराम भरे। तर कर्मचारीले फारमको विवरण कम्प्युटरमा इन्ट्री गर्न मानेन्।

बोक्सी आरोपमा मलमुत्र खुवाएको घटनामा मिलापत्र, अर्को दिन महिलाको रहस्यमय मृत्यु

काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस– ७ का ३३ वर्षीया लक्ष्मी परियारको आज रहस्यमय मृत्यु भएको छ ।

विषाक्त घरेलु मदिरा पिउँदा दश जनाको मृत्यु, पचास बिरामी

भात सडाएर बनाएको घरेलु विषाक्त मदिरा पिउँदा कम्बोडियाको कामपोङ छानाङ प्रान्तको एक गाउँमा १० जना कम्बोडियाली नागरिकको मृत्यु भएको र अन्य ५० जनाभन्दा बढी मानिसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको यहाँका अधिकारीले बताएका छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्