२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

मनोनेट कथा सङ्ग्रह चिहाउँदा

बाँच्ने रहर कथा आत्महत्याको विषयबाट उठान गरिएको छ। चिठी लेखेजस्तो गरी कथा अगाडि बढेको छ। जीवन बाँच्ने कला पन्छीबाट सुरु भएको छ। पन्छीको मिहिनेतलाई मातृत्वसँग र एक्लै गरेको मिहिनेतलाई पुरुषको धोकासंग दाँजिएको छ। कथाले अन्तमा राम्रो सन्देश दिएको छ।

ई–भिक्षा

‘पहिलेका मानिसजस्तो इमानदारिता हिजोआज कोहीसँग भएन । अहिले त मन्त्री, नेता, समाजसेवी, धर्मगुरु, कर्मचारी, व्यापारीदेखि माग्नेहरूसमेत ठग भएछन् । सरकारी कर्मचारीले मलाई एयरपोर्टमा ठगे, ट्याक्सी, होटल र बजारमा पनि ठगिएँ । हुँदा– हुँदा माग्नेले पनि मलाई ठग्न खोज्ने ? तँलाईं इऽऽऽ..भिक्षा !’ एनआएरएनले त्यसलाई लोपारयो ।

रुँदैरुँदै कता जाऊँ, संसारबाट एक्लिएको मान्छे

रुँदैरुँदै कता जाऊँ संसारबाट एक्लिएको मान्छे, मनको बह कसलाई पोखूँ सबैबाट एक्लिएको मान्छे। अघि बढदा ठेस लाग्छ बेसाइतमा जन्मिएँ कि, सुख कहिले नफाप्ने कर्मै मेरो खोटो छ कि, दुख्दादुख्दै थाहै नपाई आफैबाट एक्लिएको मान्छे ।

प्रेस स्वतन्त्रतामा कृष्ण आचार्य

आफ्नो ऊर्जावान् समय सञ्चार क्षेत्रमै सदुपयोग गर्नुभएका आचार्यले झापा, काठमाडौँ र खोटाङमा रहँदा विभिन्न मुखपत्रहरुको समेत सम्पादन गर्नुभयो । झापाको ‘आगो’, दिक्तेलको एकता यसका केही उदाहरण हुन । विभिन्न उपनामबाट लेख्ने आचार्य कुनै समय बन्दना राणाको नामबाट महिला स्तम्भ समेत लेख्ने गर्नुहुन्थ्यो र अझै पनि आफ्नो जीवन लेख्नमै बिताउँदै हुनुहुन्छ ।

मरेपछि पिण्ड होइन बाँच्दा खाना देऊ

मरेपछि पिण्ड होइन बाँच्दा खाना देऊ, कात्रो देऊ या नदेऊ खुशी बाँच्दा नाना देऊ।समाजमा केके गर्छौ अब्बल देखिन, स्मृति पार्क होइन छोरा बाँच्दा छाना देऊ।

रहर

हेलाको तापक्रम बढ्दै गएको छ घृणाको तापमान पनि उस्तै उकालो लागेको छ । तल झरेको छ सद्भाव तिरस्कार र अवहेलनाको चुलिएको तापमानसँगै म भने हिउँ भएर जमेको छु आज ।

नजन्माएको छोरो

चिया मलाई दिएर ऊ मेरो बैठक कोठाको लो बेडमा बसेकी थिई । मैले नजानिदो पाराले झ्यालका पर्दाहरू लगाएको थिएँ । ढोकामा चुकुल लगाएको थिएँ र ऊ नजिक लो बेडमै बसेको थिएँ । मैले उसलाई यसो के अँगालो मात्र हालेको थिएँ, उसले आफ्नो टाउको अनायासै मेरो काखमा राखेर रुन थालेकी थिई । मैले बिस्तारैबिस्तारै उसलाई सुम्सुम्याउन थालेको थिएँ । ऊ सुधी गाईजस्तै मसँग न्योछाबर हुँदै थिई । मैले उसको बाहिरी पत्र खोलेको थिएँ र हामी चरम आनन्दतर्फ उन्मुख थियौँ । ऊ पटकपटक भन्थी– ‘सर, पत्याउनुस् है म भर्जिन हुँ ।’

कल्पना

कल्पना बोटमा वृक्षमा पालुवा कल्पना चित्तमा स्वर्ण हो बालुवा नेत्र हो कल्पना सूक्ष्म आलोक यो जिन्दगी कल्पना दिव्य सन्तोष यो।

औषधि

घरबेटी पनि शर्माजीको व्यवसाय फलेफुलेको देखेर यिनको कोठाभाडा बढाउने ठिक बेला यही हो भन्ने सोचिरहेका थिए। तर त्यही दिन उनको घर अगाडि एम्बुलेन्स आएर शर्माजीलाई अस्पताल लिएर गयो । कोरोना उपचार गर्ने शर्माजीलाई कोरोनाले नै गाँजेर मृत्युुको मुखमा पुरयाएको खबरले उनीसँग उपचार गराउने सबै बिरामी लगायत घरभाडा बढाउन उद्द्यत घरबेटीका परिवार सबैलाई क्वारेन्टिनमा बस्न वाद्य तुल्यायो ।

आयो ताङतिङ चिनाउने पुस्तक

उनको संस्मरणात्मक पुस्तकमा ताङतिङको प्रकृति, संस्कृति, जीवनशैली, विकासक्रम र जनजीवनका विषयमा लेखिएका तीस ओटा निबन्ध छन्। उनले लाहुरे संस्कृति, ग्रामीण जीवनका सुखदुःख र गाउँ विकासका कथा सरल भाषामा मिहिन ढंगले उठान गरेका छन्।आफ्नो श्रम, सीप र विवेकबाट स्वदेशमै सुन फलाउन सक्रिय गुरुङको जीवनकथा प्रेरणादायी छ। उनको कथा पढ्दै जाँदा समग्र ताङतिङको चिनारीसँगै गुरुङ संस्कृतिको सुवासमा रमाउन सकिन्छ।

खल्लो ममता

सेक्रेटरीलाई अराएर कोङहाङ आमालाई नभेटी जस्केलोबाट निस्केर हिँडिहाल्छ । चाहिएको बेला नपाइएको ममता अब के काम? खल्लो ममता... जीवनभर बिर्सन नसकेको आमा ! कोङहाङ आमालाई भेट्दैन र भेट्न पनि चाहँदैन । तर, जीवनभर ममताको अभाव ! ममताको अभाव सम्झेर आँसु भने उसको आँखाबाट तुरुक्क चुहुन्छ !

चाँचरी

मेरो प्रश्न झर्न नपाउँदै उनले उत्तर दिइन् – यो बैनीले मलाई चिनिन् । ए, म खोलाबाट। हिजो राति एउटा मान्छेले मलाई खोलाको पुलमुनि लग्यो ।बिहान उठ्दा ऊ थिएन ।मैले खोज्दा –खोज्दा गरेँ भेटिन अनि यहाँ आएँ । हेर्नुहोस् त, उसले यो पैसा छोडेर भागेछ।चाँचरी दिदी एक सय रुपियाँको नोट देखाउँदै हाँसिन् ।

कथा

तर , अचम्म राज आसनमा पुग्नेबित्तिकै सबै लठ्ठिन्थे। शक्तिका गीत बर्बराउँदै ताण्डव नृत्य गर्थेँ। सुर हराएझैँ जति पाए पनि खान्थे। जे मन लाग्यो त्यही गर्थे, बोल्थे। अरू जनावरलाई भुसुना सरह थिचोमिचो पार्न खोज्थे।यो क्रियाकलापले जंगलमा अशान्ति बढेको र आफू असुरक्षित भएको महसुस गरेका केही जनावरले खासखुस गर्न थाले– राजा त सिंह नै ठिक रहेछ कि क्या हो ।

इस्लाम धर्म र हजरत मुहम्मद

इव्राहीमले आफ्नो हृदयमा ढुंगा राखेर, आँसुको नदीलाई आँखा भित्रै थुनेर, आफ्नो प्यारो छोराको घाँटी छुराले रेटिदिए । भगवानले महात्मा इव्राहीमको आफूप्रति महान भक्ति देखेर भने— “तिमी परीक्षामा सफभ भयौं। तिम्रो छोरा तिमीले पाउने छौं। म तिम्रो छोरा इस्माइलको सट्टामा एउटा दुम्वा (त्यो भेडा जसको पुच्छर मासुले भरिएको हुन्छ) को कुर्वानी स्वीकार गर्छु ।”

फ्लास ब्याकमा जिन्दगी’ शिक्षा, विसङ्गति र मनोविज्ञान

मानिसले अरूलाई छले भनेर जतिसुकै खुसी भए पनि आफूलाई छलिरहेको हुन्छ भन्ने दार्शनिक भाव उपन्यासमा यसरी अभिव्यक्त भएको पाइन्छ – अरूलाई छल्ने प्रयासमा आपूलाई छल्न खोज्नेहरूमध्ये कति जना जटिल जीवन बाँच्न बाध्य हुन्छन् भने कति जना बाँच्न नसकेर आत्महत्या समेत गर्न पुग्छन् भने कोहीकोही त मानसिक सन्तुलन गुमाई अर्को जीवन बाँचिरहन्छन् सबैको बोझ बनेर ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्