६ आश्विन २०८१ आइतबार
image/svg+xml

जेरुसेलममा अमेरिकाद्वारा दूतावास स्थापना, कम्तीमा ५२ को मृत्यु

अमेरिकाले गहिरो विवादमा परेको जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेको छ। दूतावास स्थापना गरेसँगै प्यालेस्टिनीको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा कम्तीमा ५२ जना प्यालेस्टानीको मृत्यु भएको छ।

इन्डोनेसियाकाे  प्रहरी मुख्यालयमै आक्रमण, चार जनाको मृत्यु, अरु कैयौँ घाइते

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार  पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

भारतमा हावाहुरीमा परी मृत्यु हुनेहरूकाे संख्या ४९ पुग्याे

भारतमा हावाहुरीमा परी मृत्यु हुनेहरूकाे संख्या ४९ पुगेकाे छ। भारतकाे राजधानी नयाँ दिल्लीसहित देशका विभिन्न क्षेत्रमा अाइतबार आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानिसकाे मृत्यु भएकाे हाे।

हावाहुरीमा परी भारतमा ३९ जनाको मृत्यु

हावाहुरीमा परी भारतमा ३९ जनाको मृत्यु भएको छ ।राजधानी दिल्लीसहित देशका विभिन्न क्षेत्रमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानिसकाे मृत्यु भएकाे हाे ।

आँधीबेरीबाट एक महिलाको मृत्यु

कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताए ।

भ्यागुते रोगबाट यमनमा ९१ जनाको मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्यागुते रोगका कारण यमनमा ९१ जनाको मृत्यु भएको विवरण शनिबार सार्वजनिक गरेको छ।

सुनसरीमा करेन्ट लागेर एककाे मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आइतबार बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ।

इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको छ।  ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। आतंककारीहरुले गरेको बम विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन्।

प्युठानमा बस दुर्घटना, ५ जनाको मृत्यु

प्युठानमा बस दुर्घटना हुँदा घटना स्थलमै ५ जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट प्युठानको स्वर्गद्वारीका लागि आएको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस बड्डाँडा पाकुरी खाेला नजिकै आइतबार बिहान पाँच बजेतिर दुर्घटना ग्रस्त भएको हो।

पश्चिम भारतमा सडक दुर्घटना, आठको मृत्यु

पश्चिमी भारतीय राज्य महाराष्ट्रमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।

भिरबाट लडेर शिक्षकको मृत्यु

डोल्पाको एक विद्यालयको प्रावि तहमा अध्यापन गराइरहेका एक शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ।

भिरबाट लडेर एकको मृत्यु, एक घाइते

मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर ६ को बन्जाया भन्ने स्थानमा शुक्रबार भिरबाट खसेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन।

दुई ट्रक जुध्दा एकको मृत्यु, तीन घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–६ पम्फा पुलमा शनिबार बिहान दुई ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

भारतमा दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते

भारतको श्रावस्ती मुलिनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ३४ जना घाईते भएका छन्। मृत्यु र घाईते हुनेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ कालाफाँटाका स्थानीय बासिन्दा रहेका छन्। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्