उपत्यकाको फोहाेर फेरि सडकमै
पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन कार्य पुनःरोकिएको छ।
पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन कार्य पुनःरोकिएको छ।
काठमाडौं जिल्लाका विभिन्न स्थानीय तहका लागि प्रमुखमा एक सय १९, उपप्रमुखमा ५३, वडाध्यक्षमा दुई सय ८६, महिला सदस्यमा एक सय ४८, दलित महिला सदस्यमा एक सय २ र खुला सदस्यतर्फ तीन सय ३७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको आजको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजकसमेत तोकेको छ।
सडक छेउका फुटपाथको मध्यभागमा बिजुली र टेलिकमका पोल गाड्ने, फुटपाथ मिच्ने प्रवृत्ति सामान्य भइसकेको छ। यस्ता पोलहरू गति नियन्त्रक र दिशा निर्देशक स्तम्भझैं लाग्छन्। यिनले दुर्घटना निम्त्याउने र अवरोध पनि सिर्जना गरिरहेका छन्।ठाउँठाउँमा फुटपाथ नै छैन, पैदलयात्री जोखिम मोलेर मूल सडकबाट हिँड्नुपर्छ।
लगातार दुई वर्ष दिल खोलेर होली मनाउन नपाएका नेपाली यसपटक ‘निस्फिक्री’ भएर मनाउने तयारीमा छन्।
‘कोरोना भाइरस संक्रमणको जोखिमदेखि पछिल्लो परिस्थितिलाई मूल्यांकन गरेर बस, माइक्रो बस र टेम्पोमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ उनले भने, ‘ट्याक्सी र निजी सवारीसाधनको हकमा जोरबिजोर प्रणाली यथावत् छ।’ बैठकलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशअनुसार सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन।
उनले भनिन्, ‘मैले पनि विश्वासमा दिएँ र श्रीमान्को आयु ७८ वर्षसम्मको गाँसिदिएको छ भन्यो तर पछि थाहा भयो त्यो ठगी रहेछ।’ अर्का पीडित धनबहादुर दियालीले पनि विश्वकर्माले ठगिरहेको आरोप लगाए। ‘सुन, पैसा नदिए शिवजी खुसी हुँदैनन्, तिमीहरू मर्छौं’ भनेर तर्साएर ठगी गरेको बताए।
हाल फोहोर व्यवस्थापन भइरहेको स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको छ। निर्माणाधीन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखदेखि सुरु गरे पनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ।
उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले त्यसको एक तिहाईभन्दा कम अर्थात् करिब १३ करोड लिटर मात्र उत्पादन एवं वितरण गर्छ।
काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ। शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो।
नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोहका बेला हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ।
प्रेस चौतारी नेपालको उपत्यका प्रदेश कमिटीले पूर्णता पाएको छ। सो कमिटीको अध्यक्षमा हेमराज सिलवाल, उपाध्यक्षमा राजु सुवेदी, महिला उपाध्यक्षमा कविता अधिकारी, महासचिवमा विष्णु आचार्य, सचिवमा घनश्याम धमला, समावेशी सचिवमा रमेश गिरी र कोषाध्यक्षमा ज्योति जिसी चयन भएका छन्।
उनीलगायतका व्यक्तिले ती बालिकालाई गएको वैशाखदेखि बन्धक बनाई धाकधम्की दिएर विभिन्न व्यक्तिसँग शारीरिक सम्पर्क गर्नसमेत लगाउने गरेको खुलेको ब्युरोले जनाएको छ।
असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन्। यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का महासचिव सरोज सिटौलाले बताए।
कोरोना संक्रमणको जोखिम कम भए सँगै खसी-बोका किन्नेको भीड बढ्न थालेको हो। कोरोना संक्रमण फैलनु अघिका वर्षझैँ पर्याप्त मात्रामा खसि बोका नआएको कारण मुल्यमा वृद्धि भएको छ।