सिलवालको रिटमा सर्वोच्चले भन्यो : चन्दलाई तत्काल महानिरीक्षक नबनाउनु
सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा गरिएको नियुक्ति तत्काल रोक्न सोमबार अर्को अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा गरिएको नियुक्ति तत्काल रोक्न सोमबार अर्को अन्तरिम आदेश जारी गरेको छ।
बरियता क्रमको नम्बर एकमा रहेका नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल सर्वोच्च अदालत पुगेका छन्। आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै असाधारण क्षेत्राधिकार अन्तर्गतको रिटमा सिलवाल सर्वोच्च पुगेका हुन्।
मोरङ सिजुवा–६ मुसहर बस्तीका एक युवाले बसिला प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।
नेपाल ग्यासले जोखिमपूर्ण अवस्थामा रहेका ग्यास सिलिन्डरलाई नष्ट गरेको छ । उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर दुई दशकबढि पूराना, हाइड्रोलिक टेस्ट गर्दा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका साढे छ सयबढि सिलिन्डर मंगलबार नष्ट गरेको कम्पनीले जनाएको छ ।
नेपाल आयाल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ। निगमले बुधबार राति १२ बजे(बिहीबार)देखि लागू हुने गरी ग्यासको मूल्य बढाएको प्रवक्ता भानुभक्त खनालले बताए।
स्वास्थ्य मन्त्रालयले काठमाडौँ र ललितपुर जिल्लामा सञ्चालित पाँच स्वास्थ्य क्लिनिकमा सिलबन्दी गरेको छ । मन्त्रालयको नेतृत्वमा गएको अनुगमन टोलीले सरकारको स्वास्थ्य संस्था स्थापना सञ्चालन स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० अनुसार दर्ता प्रक्रिया पूरा नगरेको पाइएपछि ती क्लिनिकमा सिलबन्दी गरिएको चिकित्सा सेवा महाशाखाका निर्देशक डा. भोलाराम श्रेष्ठले जानकारी दिए ।
हात्तीपाइले वा अन्य कारणले अन्डकोष सुन्निने समस्या (हाइड्रोसिल) को शल्यक्रिया प्रमुख सरकारी अस्पतालमा निःशुल्क हुने भएको छ। सरकारको प्रमुख रेफरल अस्पताल वीरमा समेत यो वर्ष २ सय ४४ जनाको निःशुल्क शल्यक्रिया गरिने तय भएको छ।
धरानको सुस्ताएको रङ्गमञ्चीय सँस्कृतिलाई ब्युताउने उद्देश्यले आरम्भ नाट्य डबलीले आफ्नै रङ्गमञ्च हल(थिएटर) निर्माण गर्ने भएको छ।
पश्चिम दक्षिण चीनको स्वशासित क्षेत्र तिब्बतले सन् २०१६ मा ११.५ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गरेको छ। नेपालसँग उत्तरी सीमा जोडिएको पठार तिब्बतको आर्थिक वृद्धि १६.५ बिलियिन अमेरिकी डलर पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
'विदेशमा रहे पनि यहाँको संस्कृति रत्तिभर भुलेका छैनौं,' अस्ट्रेलियाको पर्थबाट छोरीलाई गुफा राख्न भक्तपुर आएका सुरेन्द्र प्रजापतिले भने, 'संस्कार र संस्कृतिको ज्ञान सन्ततिलाई दिन हामी नेपाल आएका हौं।'
लियोनल मेसीको दुई गोल प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगाको पछिल्लो ४ खेलमा पहिलो जित निकाल्ने क्रममा शनिबार ओसासुनालाई ३-० को नतिजामा पराजित गरेको छ। जितसँगै भ्रमणकारी बार्सिलोनाले शीर्ष टोली रियाल मड्रिडसँगको दुरी ३ अंकमा छोट्याएको छ।
कोलम्बियामा भएको जहाज दूर्घटनामा परी मृत्यु भएका ब्राजिली क्लब चोपेकोइन्जेका खेलाडी तथा पत्रकारको सम्मानमा बार्सिलोनाले चोपेकोइन्जेलाई मैत्रीपूर्ण खेलका लागि क्याम्प नोउ निम्त्याउने बिहीबार घोषणा गरेको छ।
गायक विपुल क्षत्रीले पहिलो पटक इटहरीमा सांगीतिक प्रस्तुति दिएका छन्। उनी यहाँ आउने भएपछि आयोजकले पूर्वका शहरी तथा ग्रामीण क्षेत्रमा ब्यापक प्रचारप्रसार गरेका थिए। उनका गीत सुन्न र उनलाई प्रत्यक्ष हेर्नका लागि लालायित हुने युवा पुस्ताको ठूलो जमात रहेको सांगितीक प्रस्तुतीका क्रममा विपुल साँझ ५.३० बजे स्टेजमा उक्लिए। अनि सुरु उनले आफ्ना गीत मार्फत दर्शक तताउन थाले। र उनले गाए 'तिमी जाने सिलगुडी म जाने सिक्किम तिर...।'
सिजनकै पहिलो 'एल क्लासिको' भिडन्तका लागि शनिबार क्याटलन भ्रमणमा निस्कने रियाल मड्रिडभन्दा घरेलु टोली बार्सिलोना जितप्रति व्यग्र हुनेछ। स्पेनिस ला लिगाको साबिक विजेता बार्सिलोना उपाधि दौडमा रियालभन्दा ६ अंकले पछि छ।
चलचित्र ‘जात्रा’ प्रदर्शनको शुक्रबारबाट चौथो साता लागेको छ। दर्शक र समीक्षकबाट एकदमै राम्रो प्रतिक्रिया पाएको ‘जात्रा’ लाई पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयाेजक डा. बाबुराम भट्टराईले उत्कृष्ट फिल्मको उपमा दिएका छन्।