६ आश्विन २०८१ आइतबार
image/svg+xml

राजदेवी पञ्चावती मेलाः मन्दिर प्रवेश गर्नेक्रममा श्रद्धालुको मृत्यु

लहान नगरपालिका –१५ स्थित राजदेवी पञ्चावती मन्दिर प्रवेश गर्नेक्रममा बेहोस भएर एकजना श्रद्धालुको मृत्यु भएको छ।

सर्पले डसेर ताप्लेजुङमा एक बालकको मृत्यु

सर्पले डसेर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ५ तापेथोकका एक बालकको मृत्यु भएको छ।

भारतमा बस दुर्घटनाः पाँचको मृत्यु, ३० घाइते

भारतको लखनउ —आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु , ३० जना घाइते

पूर्व–पश्चिम महेन्द्र राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

स्थानीयवासीबाट कुटिएका सैनिक जवानको मृत्यु

चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ।

दुई भारतीय आरोहीको मृत्यु

यसपटकको वसन्त ऋतुमा ६ जना शेर्पाले रोप फिक्टिङको काम गर्दै आठ हजार पाँच सय ८६ मिटरको उचाइमा रहेको कञ्चनजंघाको सफल आरोहणको भोलिपल्टै दुई भारतीय आरोहीले ज्यान गुमाएका छन् भने चिलीका एक नागरिक बेपत्ता भएका छन्।

कञ्चनजंघा हिमालमा २ भारतीयको मृत्यु, १ बेपत्ता

यसपटकको बसन्त ऋतुमा ६ जना शेर्पाले रोप फिक्टिङको काम गर्दै ८ हजार ५८६ मिटरको उचाईमा रहेको कञ्चनजंघाको सफल आरोहण गरेको भोलीपल्टै यही हिमालमा २ जना भारतीय आरोहीले ज्यान गुमाएका छन् भने एकजना चिलीका नागरिक बेपत्ता छन्

ट्याक्टरको डालाले च्यापेर चालकको मृत्यु

मोरङको बुढिगंगामा बालुवा बोकेको ट्याक्टरको डालाले च्याप्दा ट्याक्टर  चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा को २ त ५१४ नम्बरको ट्याक्टरका चालक भोजपुर हतुवागढी - हसनपुरका भरत राई रहेको प्रहरीले जनाएको छ।

चट्याङ लागेर महिलाको मृत्यु

चट्याङका कारण सिंहका परिवारका सदस्य ५० वर्षीय बुधलाल सिंह र १५ वर्षीय सुरेश सिंह घाइते भएका छन्। घाइते दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर लगिएको छ।

आगलागीमा परेर तीन जनाको मृत्यु, १३ घर जलेर नष्ट

गत बिहीबारदेखि सल्यानका विभिन्न ठाउँमा भइरहेको आगलागीमा परेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ। आगलागीका कारण १३ घर पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ रामकाडाबाट सुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। अहिले पनि जिल्लाका विभिन्न ठाउँमा सुरक्षाकर्मीहरु आगो नियन्त्रणका लागि खटिएको सल्यानका प्रहरी प्रमुख डिएसपी बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

आगलागीमा दुईको मृत्यु, १३ घर जले

गत बिहीबारदेखि जंगलमा फैलिएको आगलागीमा परी सल्यानमा दुईजनाको मृत्यु भएको छ भने १३ घर पूर्ण रूपले जलेका छन्। जिल्लाको छत्रेश्वरी गाउँपालिका–६ रामकाँडाबाट सुरु भएको आगलागी अझैसम्म पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ। अहिले पनि जिल्लाका विभिन्न ठाउँमा सुरक्षाकर्मी आगो नियन्त्रणका लागि खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

टिप्पर र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, २ घाइते

रोकिराखेको टिप्परलाई तिव्र गतिमा आएको ट्रकले सोमबार दिउँसो ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

आमाको दाहसंस्कार गर्दैगर्दा छोराको बगेर मृत्यु

दाहसंस्कारपछि नुहाउँदै गर्दा नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए। उनको ५० मिटर तल मृत अवस्थामा शव फेला परेको थियो।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

पश्चिम नवलपरासीको छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ। रामग्राम नगरपालिका–१६ हकुई र रामग्राम–१२ कशियामा भएका दुर्घटनामा बालिकासहित दुई जनाको ज्यान गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्