१२ मंसिर २०८१ बुधबार
image/svg+xml

हुम्लामा अज्ञात रोगबाट ८ जनाको मृत्यु

अज्ञात रोगका कारण हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर १ का ७० बर्षिया कुशुमा रीठाल र ६० बर्षिया सुरजीत खड्का, वडा नम्बर २ का ५५ बर्षिय रंगे कोली र ५ बर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ का ७० बर्षिया अम्मकली मल्ल, ७५ बर्षिया बज्जीरे सुनार, ५५ बर्षिया लक्ष्य सुनार र १० महिनाका बालक सन्जीब थापा रहेको मेला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए।

निमोनियाका कारण वडाध्यक्षको निधन

निमोनियाका कारण खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणीकुमार राईको निधन भएको छ। ज्वरो आउने, छाती दुख्ने, घाँटी घ्यार–घ्यार हुनेलगायतका समस्याबाट बिरामी परेका वडाध्यक्ष राईको सोमबार साँझ ३७ वर्षको उमेरमा निधन भएको हो।

सांसदको आडमा दोषीलाई उन्मुक्ति दिने प्रयास

माइती पक्षका अनुसार लागु औषध दुव्र्यसनमा फसेका र केही समय सुधार केन्द्रमा समेत बसेका मुकेशले विवाह भएदेखि नै विभिन्न निहुँमा स्वस्तिकामाथि हिंसा गर्दै आएका थिए। मुकेश नेपाली सेनाका मेजर अमर बुढाक्षेत्रीका छोरा हुन्।

भ्यान दुर्घटना, घटनास्थलमै एकको मृत्यु

उदयपुरको बेलका नगरपालिकामा भएको भ्यान दुर्घटनामा परी १ यात्रुको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।छिमेकी जिल्ला सुनसरीको बाराहक्षेत्र नगरपालिका चताराबाट बेलका ७ मैनामैनी कुलुङतर्फ आउँदै गरेको को १ ज १६१५ नं. को पिकअप भ्यान आइतबार राति पौने ८ बजे दुर्घटना हुँदा बेलका ७ मैनामैनीका २३ वर्षीय मनोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीलंकामा शृंखलाबद्ध विस्फोट, हमलामा नेपाली परेका छैनन्ः परराष्ट्र

श्रीलंकामा आइतबार विभिन्न गिर्जाघर र होटलमा गराइएको शृंखलाबद्ध आक्रमणमा परी कम्तीमा दुई सय सातजनाको मृत्यु भएको छ। इस्टर पर्वका अवसरमा गिर्जाघरहरुमा आयोजित धार्मिक कार्यक्रममा सहभागी र तीनवटा लक्जरी होटलमा रहेका व्यक्तिलाई लक्षित गरी गराइएका आक्रमणमा परी चार सय ५० जनाभन्दा बढी घाइते भएका छन्।

श्रीलंका आक्रमण अपडेट : मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो

श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या आइतबार साँझसम्म २०७ पुगेको प्रहरी तथा अस्पताल स्रोतले जनाएको छ।

मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटनामा परी ज्यान गुमाउने संख्या २ पुग्याे, १० गम्भीर घाइते

पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा यात्रुबहाक बस दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

उदयपुरमा गएराति ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडास्थित निर्माणाधीन मदन भण्डारी लोकमार्गमा एउटाले अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा लागेको ठक्करबाट मोटरसाइकल चालक कालीदास भण्डारी (कृष्ण) को मृत्यु भएको प्रहरीले जनाएको छ।

हिरासतमा रहेका एक किशोरको मृत्युपछि छानबिन समिति गठन

अनारमनी इलाका प्रहरी कार्यालयमा १५ वर्षीय बालकको मृत्यु रहस्यमय भएपछि छानबिन समिति गठन गरिएको छ । छानबिनका लागि झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजक तीन सदस्यीय सो समिति गठन गरिएको हो । प्रहरी निरीक्षक कमल अधिकारी र प्रहरी सहायक निरीरक्षक नवराज थापा सदस्य रहनुभएको सो समितिले एक साताभित्र छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने उक्त कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

चट्याङ लागेर अछाममा एकको मृत्यु

पानीसहित परेको चट्याङ लागेर अछाममा एक किशोरीको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका ६ झडिगाउँकी १८ वर्षीया किशोरी हिउँकला बोहराको चट्याङ लागेर मृत्यु भएको प्रहरी चौकी मेल्लेखका असई भोजबहादुर थापाले जानकारी दिए।

उदायपुरमा हावाहुरी र चट्याङ, एकको मृत्यु

मंगलबार रातभरि आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुर जिल्लाको कटारी नगरपालिका–८ बबलामा एकजनाको मृत्यु भएको छ, भने विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा करोडौँको क्षति भएको छ।

हावाहुरीका कारण भारतमा ४१ को मृत्यु

भारतका विभिन्न ठाउँमा आएको हावाहुरीका कारण ४० जनाभन्दा बढीको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमाचल, हरियाणा तथा नयाँ दिल्लीमा हावाहसरीसँगै भिषण वर्षा भएको छ।

दुर्घटनामा महिलाको मृत्यु

ट्र्याक्टर दुर्घटनामा परेर मङ्गलबार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ । पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग १ त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बसबाट खसेर बालकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्