२६ वैशाख २०८१ बुधबार
image/svg+xml

पाँच वर्षमा वडाका भित्रि सडकमा हिलो देखिने छैन

स्थानीय निकाय करिब २० वर्ष जनप्रतिनिधिविहीन रह्यो। जसको कारणले स्थानीय निकाय अस्तव्यस्त रूपमा सञ्चालन भएको थियो।

वडामै स्वास्थ्य प्रयोगशाला

तारकेश्वर नगरपालिका वडा ९ को पहल र नगर सहरी स्वास्थ्य केन्द्रको आयोजनामा स्वास्थ्य प्रयोगशाला कक्ष उद्घाटन तथा दुई दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्न सजिलो होस् भन्ने लक्ष्यले स्वास्थ्य प्रयोगशालाको व्यवस्था गरिएको बताइएको छ ।

तारकेश्वरमा कलाकारको जेसुम यात्रा

चार महिना अघिदेखि सुरु भएको ‘जेसुम यात्रा’को चौथो श्रृंखला तारकेश्वरमा सम्पन्न भएको छ। कला, साहित्य तथा रंगमञ्चलाई माध्यम बनाएर सुरु गरिएको श्रृंखलाको चौथो संस्करणमा कवि, लेखक एवं चित्रकारहरू नुवाकोट–काठमाडौं सीमाना तीनपिप्लेबाट डेढ घण्टाको पैदलयात्रामा २७ गजुरको सुनौलो भुवनेश्वरी मन्दिर, तिब्बती युद्ध आक्रमणको मिथक गाँसिएको ऐतिहासिक पाँचमाने, राजा महेन्द्रले वृक्षरोपण गरेका घना सल्लेरी जंगल हुँदै तारकेश्वर मन्दिर पुगेका थिए।

फोहोरमैला व्यवस्थापनमा जुट्दै वडा

तारकेश्वर नगरपालिका वडा नं.१० मनमैजु फोहोर व्यवस्थापन अभियानमा जुटेका छन्। स्थानीय उपभोक्ता, टोल विकास समितिको संयुक्त प्रयासमा सो अभियानमा जुटेका हुन्।

भत्ता लिनै सकस

तारकेश्वर नगरपालिका १ र २का ज्येष्ठनागकिरले वृद्ध र एकल महिलाहरूलाई वृद्धाभत्ता तथा सामाजिक सुरक्षा भत्ता लिन धेरै सकस परेको छ। वडाले आफ्नै कार्यालयमा भत्ता नदिएपछि यस्तो समस्या परेको हो। वडा १ की स्थानीय देवकी तिम्लिसनाले एकल भत्ता लिन धेरै सकस भएको बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्