८ वैशाख २०८१ शनिबार

टेकु अस्पतालमा पिसिआर परीक्षण स्थगित

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण स्थगित गरेको छ।

आइसियु खोज्दा खोज्दै जान्छ ज्यान

जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक निजी अस्पतालमा बसिरहे ।

बिरामी धान्न नसक्ने अवस्थामा टेकु अस्पताल, स्वास्थ्यकर्मी भन्छन्ः अब सकिन्न

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै काठमाडौंको टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी चिन्तामा छन्।

‘कोरोनासँग बच्न व्यवहारमा परिवर्तन गर्न आवश्यक छ’

अहिले हामीले खोप पनि लगाइरहेका छौं। तर खोप लगाइसकेपछि मानिसहरूले जनस्वास्थ्यका मापदण्डहरू राम्रोसँग पालना गरेको देखिँदैन। हेलचक्राईँअझै पनि बढीरहेको छ। यसबाट बच्नका लागि हामीले तीनवटा कुरामा मुख्य ध्यान दिनुपर्छ। सामाजिक दूरी बनाइराख्ने, अनावश्यक भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग गर्ने र हात साबुन पानीले राम्रोसँग धुने गर्नुपर्छ। हात नधोइ नाक, मुख, कानमा नछुने जस्ता विषयमा ध्यान दिनुपर्छ।

टेकु अस्पताल, चौधरी र खातुन नागरिक नायक

कोरोना महामारीबीच संक्रमितको औषधोपचारमा महत्वपूर्ण र प्रशंसनीय भूमिका निर्वाह गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई नागरिक नायकबाट सम्मान गरेको हो। त्यस्तै अन्धोपन निवारणका लागि महत्वपूर्ण योगदान दिने रवीन्द्रलाल चौधरी तथा एसिड आक्रमणमा परेपछि पनि हिम्मत नहारी अपराधीलाई कडा कारबाहीको दायरामा ल्याउन कानुन निर्माणलगायत कार्यमा पहल गरिरहेकी किशोरी मुस्कान खातुनलाई नागरिक नायकबाट सम्मान गरिएको हो।

कोरोना महामारीमा अब्बल साबित टेकु अस्पताल

‘कसैलाई कोरोना शंका लागे यही अस्पताल आउथे अथवा अरू अस्पतालले पनि कोरोनाको परामर्शका लागि टेकु अस्पतालमै पठाउने गर्थेे,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन सम्झन्छन् । उनका अनुसार सुरुको चरणमा बेलायतबाट आहेका एक परिवारमा आरडिटी टेस्ट गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएपछि काठमाडौं तरंगित भएको थियो । यो पुष्टि भएको भोलिपल्ट मानिसहरू कोरोना टेस्ट गर्न टेकुमा लाम नै लागेका थिए ।

भागेका दुबैं विरामी सम्पर्कमा : टेकु अस्पताल

हराएका दुबै विरामी सम्पर्कमा आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प्तालले जनाएको छ । अस्पतालका निर्देशक सागर भण्डारीकाअनुसार भागेका दुबै जना बिहिबार साँझ नै सम्पर्कमा आएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्