५ आश्विन २०८१ शनिबार
image/svg+xml

पश्चिम सेती जलविद्युत्को पक्षमा

पश्चिम सेती आयोजना निर्माण हुँदा मुलुकको अर्थतन्त्र मजबुत हुन्छ भन्ने विश्वासका साथ सुदूर पश्चिमेलीहरू थातथलो छाड्न तयार छन्। वाधा विरोध गरेका छैनन्। यसैले स्थानीयवासीको त्याग, धैर्य र निष्ठालाई सम्मान र न्याय गर्न आयोजना निर्माण गर्न पछि पर्नु हुँदैन।

मुआब्जा अन्तिम चरणमा, पुनर्वास र पुनस्र्थापना अन्योलमै

बुढीगण्डकी जलविद्युत् आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ।

नेपाली भूमिमा मन्दिर बनाउन रोक

कञ्चनपुर पुनर्वास नगरपालिका–४ आनन्द बजारनजिक खोलामा स्थानीयलाई आवतजावतमा समस्या थियो। स्थानीयको समस्या र मागका आधारमा दुई वर्षअघि पुनर्वास नगरपालिकाले कल्भर्ट बनाउन पाँच लाख रुपैयाँ बजेट विनियोजन ग¥यो। नेपाली भूभागमै रहेको आनन्द बजारछेउ स्थानीयले श्रमदानसहित तीनवटा ह्युमपाइप राखेर कल्भर्ट बनाउन सुरु गरे। तर सीमाभन्दा सय मिटरवरै नेपाली भूभागमा बनाउन लागेको सो कल्भर्ट भारतीय सीमा सुरक्षाकर्मी एसएसबी आएर भत्काउन थाले।

न घर फिर्ती न पुनर्वास

झापाको बेलडाँगीस्थित भुटानी शिविरमा २७ वर्षदेखि बसेका हर्कजंग सुब्बा अहिले ७० वर्ष नाघिसके। उनी शिविरभित्रको कष्टप्रद समय भोग्न तयार भए, अमेरिका मोहमा परेनन्। घरमा उनी र पत्नी मात्र छन्, छोराछोरी, नातिनातिना सबै अमेरिकातिर। रोगी भएकाले छोराले कहिलेकाहीं अमेरिकाबाट उपचार खर्च पठाउँछन्। एकाघरका ८० जना अमेरिका पुगिसक्दा पनि उनी भने कुनै दिन भुटान फर्कन पाइने आशामा शिविरको कष्टलाई पनि प्रिय ठानेर बसेका हुन्। तर भुटान फर्कने कहिले हो, कुनै टुंगो छैन।

पुनर्वासको सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटा सीमा क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल गर्न माग गर्दै ७ नम्बर प्रदेशको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

विस्थापितको पुनर्वास

चैतमासको हुरी। जस्तापाताले छाइएको र घेरिएको बस्ती। कतै कतै त पालमुनि। बलिया काठपात छैनन्, बासको अडेसो। डोरीले बाँधिएको कतैकतै।

पुनर्वास घटनामा भारतलाई माफी मगाउन नसक्नु सरकारको कमजोरी: बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री वावुराम भट्टराईले संविधान संशोधन गरेर असन्तुष्ट मधेसी, जनजाती थारु लगायतमा माग सम्बोधन गर्दै निर्वाचन गरिनुपर्ने बताएका छन्।

पुनर्वास घटना अपसोचपूर्ण : भारतीय गृहमन्त्री

भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय समकक्षी राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्। नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक नेपालीको मृृत्यु भएको घटनाबारे समकक्षी सिंहको ध्यानाकर्षण गरेका थिए।

‘हाम्रो पुनर्वास कहाँ हुने हो ?’

‘गाउँ पहिरोले धुजाधुजा छ । सरकारले हामीलाई बेवास्ता ग¥यो,’ हाकुका छेकु लामा भन्छन्, ‘धेरैले विस्थापित शिविरमा आएर आश्वासन मात्रै बाँड्छन् । हामी विस्थापितको समस्या कहिले पूरा हुन्छ ?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्