लडेर ओछ्यानमा थलिएकी युवतीलाई उपमेयरको साथ
रुखबाट लडेपछि वर्ष दिनदेखि ओछ्यानमा थलिएकी युवतीलाई उपमेयरको पहलमा अस्पताल लगिएको छ । डाले घाँस काट्नेक्रममा रुखबाट लडेर ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा ओफ्लाङकी १९ वर्षीय चिनामायाँ अधिकारीलाई वर्ष दिनपछि उपचारमा लगिएको हो ।