४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रकम लेनदेन र धम्कीमै सामसुम हुन्छन् बलात्कारका मुद्दा

गत फागुन १६ गते स्थानीय १२ वर्षीया बालिकालाई यौनदुरचार गरेको आरोपमा कविलासी नगरपालिका–१ पिपरियाका ४५ वर्षीय प्रगास मण्डल प्रहरी हिरासतमा छन्।

जबर्जस्ती करणी आरोपमा प्रहरीका सइ पक्राउ

महिलालाई जबर्जस्ती गरेको आरोपमा शुक्रबार एक प्रहरी समातिएका छन्। सापटी लिएको रकम लिन बोलाएको र रकम लिन शुक्रबार साँझ पुगेकी महिलामाथि प्रहरीका सइ सूर्यबहादुर शाहीले हातपात गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बलात्कार आरोपमा एक जना पक्राउ

जबरजस्ती करणी आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिकाबाट जबरजस्ती करणी अभियोगमा एकजनालाई पक्राउ गरिएको हो।

फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले एक फरार अभियुक्तलाई दुई महिलापछि पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा उच्च अदालत तुल्सीपुर दाङले दोषी ठहर गरेका जिल्लाको बाँफिकोट गाउँपालिका–१ का ६३ वर्षीय भद्रबहादुर कामीलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनकारी दिएकाे छ।

जबर्जस्ती करणी मुद्दामा फरार वडाध्यक्षद्वारा आत्मसमर्पण

जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार रहेका थिए।

राती ढोका फोडेर जबरजस्ती करणीको प्रयास, महिलाले दिइन उजुरी

रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकाकी एक महिलाले आफूलाई एक युवाले जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरी समक्ष जाहेरी दिएकी छन्। आठबीसकोट १२ की २८ वर्षीया ती महिलाले वडा नम्बर १० घारीखोलाका अन्दाजी ३३ वर्षीय ध्रुवराज केसीले आफूमाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै उजुरी दिएको प्रहरीले जानकारी दिएको छ।

जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ

प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा चारजनालाई पक्राउ गरेको छ। उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ घर भई हाल काठमाडौ बस्ने १५ वर्षीय किशाेरीलाई आफ्नो कोठामा बोलाई गत पुस २४ गते जबरजस्ती करणी गरेकाे आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे।

छ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिकामाथि करणाी गरकाे अभियाेगमा एक जना पक्राउ परेका छन् ।

जबर्जस्ती करणी अभियोगमा ७५ वर्षीय वृृद्ध पक्राउ

पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन्। पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए।

‘नवीकरणीय ऊर्जालाई बिर्सन नहुने’

उद्यमशीलताको विकास गर्दा नवीकरणीय ऊर्जालाई बिर्सन नहुने एक कार्यक्रमका सहभागीले बताएका छन्। नेपाल नवीकरणीय ऊर्जा परिसङ्घ र नेपाल आर्थिक पत्रकार सङ्घ(नाफिज)को आयोजनामा शनिवार राजधानीमा आयोजित ‘नवीकरणीय ऊर्जा र उद्यमशीलता विकासका लागि सञ्चार माध्यमको सहभागिता’ विषयक अन्तक्रियामा  सहभागीले नवीकरणीय ऊर्जाकाे महत्व बढ्दै गइरहेकाे बताए।

श्रीमति करणीको आरोपमा ताप्लेजुङका १ युवा पक्राउ, २ जना कारागार चलान

आफ्नै श्रीमतिलाई करणी गरेको कसुर आरोपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २४ वर्षिय एक पुरुषलाई पक्राउ गरेको छ।

प्रेम जालमा पारेर जवरजस्ती करणी गर्ने पक्राउ

बर्दिवास ४ की १४ वर्षीया एक नबालिकालाई प्रेम जालमा पारेर ललाई फकाई जंगलमा लागि जवरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सोही गाउँका रबिशंकर क्याप्छाकी मगरलाई बालिकालाई प्रेम जालमा पारेर जंगलमा लगेर जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।

जबरजस्ती करणी आरोपमा भारतीय पक्राउ

जबरजस्ती करणीको आरोपमा पर्वतमा एक भारतीय नागरिक पक्राउ परेका छन्। फलेबास नगरपालिका वडा नम्बर ५ मा डेरागरी बस्ने भारतीय नागरिक सद्रे आलम पक्राउ परेका हुन।

जबरजस्ती करणी गरी फरार रहेका एक पक्राउ

जबरजस्ती करणी गरी फरार रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एक जनालाई पक्राउ गरेको छ।

जबरजस्ती करणीको अाराेपमा एक पक्राउ

जबरजस्ती करणी गरेकाे अाराेपमा प्रहरीले एक जनालार्इ पक्राउ गरेकाे छ। स्थानीय २० वर्षकी एक युवतीलाई जवरजस्ती करणी गरेकाे अाराेपमा इस्मा गाउँपालिका ३ का ३६ वर्षीय देवबहादुर सार्की पक्राउ परेकाे जिल्ला प्रहरी प्रमुख दिपक कुमार बस्नेतले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्