९ मंसिर २०८१ आइतबार
image/svg+xml

पर्सामा पनि कांग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पर्सामा सरकारविरुद्ध प्रदर्शन गरेको छ।  पार्टीका जिल्ला अध्यक्ष अजयकुमार द्विवेदीको नेतृत्वमा भएको विरोध कार्यक्रममा कांग्र्रेस केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, नेता जनार्दन सिंह क्षेत्री लगायतले केपी ओली नेतृत्वको सरकारलाई निरंकुश र जनविरोधीको आरोप लगाए।

पर्सा निकुञ्जभित्र मेलाको विषयमा विवाद

पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने रामभौरी भथास्थित श्री दुग्धेश्वरनाथ महादेव मेलालाई प्रभावित पार्ने गरी निकुञ्ज प्रशासन तथा स्थानीय प्रशासनले निर्णय गरेको भन्दै विरोध भएको छ।

पर्सामा डुबेर ३ को मृत्यु, परिवारजनलाई ५० हजार राहत

पर्सामा बेग्लाबेग्लै ठाउँमा ३ जना बालबालिकाको मृत्यु भएपछि प्रदेश २ को सरकारले मृतकका परिवाजनलाई जनही ५० हजार रुपैयाको दरले राहत प्रदान गर्ने भएको छ।

नेक्स्ट एजुकेसन पर्सामा

नेक्स्ट एजुकेसन कन्सलटेन्सीले पर्सामा आठौं शाखा सुरु गरेको छ। खैरहनी र राप्ती नगरपाललिकाका मेयरले शाखाको उद्घाटन गरेका हुन्। वैदेशिक शिक्षाका बारेमा चासो राख्ने पर्साका विद्यार्थीहरुलाई काठमाडौं नगई स्थानीय स्तरबाटै सेवा लिन सहज होस् भनेर आठौं शाखा सञ्चालन गरेको द नेक्स्टका प्रबन्ध निर्देशक शालिकराम भण्डारीले बताए।

घोराही र पर्सामा गण्डकी विकास बैंक

गण्डकी विकास बैंकले दाङको घोराही र चितवनको पर्सामा शाखा खोलेको छ । घोराही शाखाको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले र पर्सा शाखाको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले उद्घाटन गरेको बैंकले जनाएको छ।

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ६ प्रहरी घाइते

पर्साको बहुदरामाइ नगरपालिका ५ पटनी टोलमा गएराती अपराधी समत्न गएको प्रहरी र स्थानीयबीच झडप भएको छ।लागु औषध तथा अन्य अपराधमा सलंगन व्यक्ति त्यहाँ लुकेर बसेको सूचनाको आधारमा अपराधीलार्इ पक्राउ गर्न गएका प्रहरी टोली महुवन,  शसस्त्र बेसक्याम्प बागेश्वरी तित्रौनाबाट खटिएको प्रहरीटोली र स्थानीयबीच झडप भएको हो।

बन्दका कारण पर्साको जनजीवन प्रभावित

प्रादेशिक राजधानीको माग गर्दै बजार, यातायात बन्द गरेपछि पर्सावासीको जनजीवन प्रभावित भएको छ ।  वीरगञ्ज राजधानी संघर्ष समितिको आह्वानमा गरिएको एकदिने बन्दका क्रममा आन्दोलनकारीले आज बिहानैदेखि वीरगञ्जका विभिन्न चोकमा टायर बाली सार्वजनिक तथा निजी यातायात, बजार, उद्योग वित्तीय संस्था र विद्यालय बन्द गराएपछि जिल्लावासीको जनजीवन प्रभावित भएको हो।

बाराका नेताको पर्सामा अनसन

छिमेकी जिल्ला बाराबाट आएका विभिन्न राजनीतिक दल तथा विभिन्न क्षेत्रका १४ जना अगुवाहरूले प्रदेश नं २ को राजधानी यहाँ बनाउनुपर्ने माग गर्दै पर्साको वीरगन्जमा अनसन बसेका छन् । उनीहरूले राजधानीको माग गर्दै सुरु भएको आन्दोलन पर्सावासीको मात्र नभएर छिमेकी जिल्ला समेतको सरोकार हो भनी जनाउन आइतवार सबै अनसनकारी बाराबाट नै सामेल भएको बताएका छन् ।

पर्सा ३ मा फोरम नेपालका रौनियार निर्वाचित

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार हरिनारायण प्रसाद रौनियार निर्वाचित भएका छन् । उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वमन्त्री एवम् पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरीलाई १ हजार ३ सय ५९ मतको अन्तरले पराजित गरेका छन्।

पर्सा २ मा फोरम नेपालका श्रीवास्तव विजयी

पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ बाट संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार विमल श्रीवास्तव निर्वाचित भएका छन् । फोरम नेपालका तर्फबाट प्रतिस्पर्धा गरेका उनले आफ्नो निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसियालाई १ हजार ४ सय ६५ मतको अन्तरले पछाडि पार्दै जित हात पारेका हुन्।

पर्सा १ मा फोरम नेपालका प्रदीप यादव निर्वाचित

पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव भारी बहुमतले निर्वाचित भएका छन्। संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठबन्धनका संयुक्त उम्मेदवार यादवले आफ्ना निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका पूर्व सांसद अनिल कुमार रुङ्ग्टालाई ४ हजार ६ सय ५१ मतको अन्तरले पछाडी पर्दै विजयी भएका हुन्।

पर्सा अपडेट: प्रदेश सभामा नेकाका दुई जना विजयी

पर्सा जिल्लामा पनि फोरम नेपालले अग्रता लिएको छ । परम्परागत रुपमा नेपाली कांग्रेसको पकड रहँदै आएको यो जिल्लामा प्रदेश सभा सदस्यमा फोरम नेपालका उम्मेदवारले राम्रो मत पाएका छन् । अहिलेसम्म घोषित तीन प्रदेश सभा सदस्यमा दुई मा नेपाली कांग्रेस र एकमा फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

पर्सामा मतगणना सुरु

प्रतिनिधि सभा र प्रदेश सभाको लागि बिहीवार दोस्रो चरणको निर्वाचनको मतपत्रको गणना पर्सा जिल्लामा शुक्रवार दिउँसो साँढे २ बजेदेखि सुरु भएको छ । जिल्लाका सबै चारै वटा निर्वाचल क्षेत्रको मतपेटिका बेग्लाबेग्लै मतगणना कक्षमा राखेर खोलिएको छ । प्रतिनिधि सभासंगै चार वटै क्षेत्रहरुको पहिलो प्रदेशसभा क्षेत्रको पनि मतपेटिका खोलेर गणना सुरु भएको छ ।

पर्सामा अपेक्षाभन्दा शान्तिपूर्ण मतदान

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ अन्तर्गतको पहिलो निर्वाचन मध्ये तराईको जिल्ला पर्सामा सोचेभन्दा बढी शान्तिपूर्ण किसिमले सम्पन्न भएको छ । गत मधेस आन्दोलनको प्रमुख केन्द्र रहेको पर्सा जिल्लालाई संवेदनशील ठानेर सुरक्षा निकायले यहाँ निकै सतर्कता अपनाए पनि सहरदेखि गाउँसम्म मतदान भने निकै शान्तिपूर्ण भएको छ ।

पर्सामा १३ तहको नतिजा आयो, वीरगन्जको मात्र बाँकी

केही ठाउँमा आधिकारिक घोषणा बाँकी पनि शनिवार साँझ ७ बजेसम्म पर्सा जिल्लाका १४ मध्ये १३ स्थानीय तहको नतिजा आइसकेको छ। सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले तीन तीन, नेकपा एमाले र नेपाली जनता दलले दुईदुई स्थानीय तहमा जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्