१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

खोलाले बगाएर बालकको मृत्यु एक घाइते

दैलेख जिल्लाको आठवीस नगरपालिका ५ को लयपातलमा खोलाले बगाउँदा १४ वर्षको एक बालकको मृत्यु गएको छ भने २ जना घाइते भएका छन्।

पानीको बहाव थेग्न नसकेपछि हेवाखोलाको ‘डाइभर्सन’ अधुरै

बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन।

खोलाले बगाएर घट्ट गएकी सरस्वती बेपत्ता

बेपत्ता हुनेमा जुम्लाको गुठिचौर गाउँपालिका-२ की ४६ वर्षकी सरस्वती बुढा रहेको अस्थाई प्रहरी पोष्टका हवलदार टेकेन्द्र खाणले बताए।

पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी पुल निर्माण गर्ने तयारी

पानीको बहाव केही कम भएपछि पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी रुपमा सवारी आवागमन सुरु गर्ने विकल्प अघि सारिएको छ । पाँचथरका प्रहरी प्रमुख(डिएसपी)हरि खतिवडाले खोलामा हिम पाइप राख्ने क्रम सुरु भएको बताए ।

खुवाको ‘हब’ बन्दै चुच्चेखोला

हेटौडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो। हेटौडाको पहिलो खुवा घोट्ने व्यवसायीका रूपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गरेका हुन्।

जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

बागलुङमा पिकअप जीप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। जिल्लाको गलकोट नगरपालिकाबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठूलढुङ्गा भन्ने ठाउँमा दुर्घटना हुँदा मृत्यु भएका दुबै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

हेवा खोलामा बेलीब्रिज निर्माण थालियो

वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ। भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो।

मैवाखोला बाढीपहिरो: उद्धारमा सास्ती, ५१ घर उच्च जोखिम

कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

हेवा खोला बाढीपहिरोमा बेपत्ता हुनेको संख्या २२ पुग्यो(नामावलीसहित)

सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ।

मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प

ताप्लेजुङको मैवाखोला गाउँपालिकाका १० वटा घर पहिरोको उच्च जोखिममा परेका छन्। गएरातिको वर्षाका कारण ओदक र ताम्राङ बस्तीका दश घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ।

अब निसेलढोरमै स्वास्थ्य सेवा

निसेलढोर बागलुङको दुर्गममा पर्ने बस्ती हो। निसेलढोरका अधिकांश स्थानीय घुम्ती बसाइ गर्ने गर्छन्। असोज लागेपछि निसीखोला गाउँपालिका–५ को निसी गाउँ झर्ने र बर्खा लागेपछि निसेलढोर जाने स्थानीयको परम्परा नै हो।

हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान

पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ।

सत्तरी घरबस्ती जोगाउन खानीखोलामा तटबन्ध

जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ स्थित खानीखोला क्षेत्रका बस्ती जोगाउन तटबन्धन निर्माण भएको छ।

विकासले रोक्यो झिम्पा गाउँको बसाइसराइ

बागलुङको सुदूरपश्चिममा रहेको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका बासिन्दाको सोच अहिले बदलिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्