२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पत्रकार गौतम वडाध्यक्षमा विजयी

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित भएका छन्।

चेपाङ वडाध्यक्ष भन्छन् – ‘सबैभन्दा पहिले बाटो बनाउँछु’

धादिङको गजुरी गाउँपालिका वडा नं. ५ को वडाध्यक्षमा सुरेन्द्र चेपाङ विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चेपाङ २ सय ५९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । नेकपा एमालेका बगरबहादुर तामाङलाई २० मतले पछि पार्दै विजयी भएका चेपाङले आफ्नो वडामा मोटर चल्न सक्ने बाटो बनाउने कामलाई प्राथमिकतामा राखेकोे बताए ।

महालक्ष्मी–८, लुभु वडाध्यक्षका उम्मेदवारको अजेन्डा

स्थानीय तह पुनर्संरचनापछि साविकको सिंगो लुभु गाविस महालक्ष्मी नगरपालिका वडा नं. ८ भएको छ । राजधानीबाट नजिकै रहेर पनि केही वर्षअघिसम्म यो क्षेत्रमा विकास निर्माणका काम अगाडि बढ्न सकेका थिएनन् । तर, पछिल्लो समय खासगरी २०७२ सालको भूकम्पपछि यस क्षेत्रमा तीव्र रूपमा बस्ती विस्तार हुँदै गएपछि विकाससँगै विभिन्न खालमा समस्या देखिन थालेका छन् । करिब १२ हजार जनसंख्या रहेको लुभुमा खानेपानी, ढल, बाटो, स्वास्थ्यसेवा, गुणस्तरीय शिक्षा आदिलाई उम्मेदवारले चुनावी अजेन्डा बनाएका छन् ।

वडाध्यक्षका उम्मेदवार नै निर्वाचन कर्मचारी !

स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदको उम्मेदवार बनेका ब्यक्तीलाई जिल्ला निर्वाचन अधिकृतको कार्यालयले चुनावमा सहायक कर्मचारीको रुपमा खटाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्