२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पाँच महिनामा १ सय ११ थान संकलन

रुकुम भन्नबित्तिकै अहिले पनि वितगको १० वर्षे सशस्त्र द्वन्द्व सम्झनामा आउने गर्दछ। तत्कालीन नेकपा माओवादीले द्वन्द्व थालेकै दिन रुकुममा पनि प्रहरी चौकीमाथि आक्रमण भएको थियो। युद्वले गर्दा यहाँका सयौं मानिस पीडित भए। द्वन्द्वकालमा जिल्लाको पूर्वी क्षेत्रले सबैभन्दा बढी क्षति बेहोर्नुपरेको थियो।

दिल्लीबाट नेपाल आएको बसमा भेटियो बम बनाउने बिष्फोटक सामाग्री

छिमेकी मुलुक भारतको नयाँ दिल्लीबाट नेपाल आएको बसमा बम बनाउने बिष्फोट सामाग्री बरामद भएको छ। पश्चिमी नाका कैलालीको गड्डा चौकी हुँदै काठमाडौं आउँदै गरेको बसबाट उक्त बम बनाउने बिष्फोट सामाग्री बरामद भएको हो।

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, किमको रुस भ्रमणको तयारी

उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ। उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ।

धादिङमा ३० थान अवैध भरुवा बन्दुक बरामद

उत्तरी धादिङको विभिन्न क्षेत्रबाट ३० थान भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङको सक्रियतामा जिल्लाको रुवीभ्याली, गंगाजमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट बरामद गरिएको हो।

एउटै गाउँबाट १६ थान भरुवा बन्दुक बरामद

गृह मन्त्रालयमार्फत प्रशासन र प्रहरीले व्यक्ति विशेषले राखेका अवैध हतियार २०७६ वैशाख ५ गतेसम्म बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो।

अवैध हतियार बुझाउन उर्दी

अवैध रूपमा राखिएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लावासीमा उर्दी जारी गरेको छ। गृह मन्त्रालयले प्रकाशन गरेको सूचनाअनुसार २०७५ चैत १ गतेदेखि लागू हुनेगरी ३५ दिनभित्र हातहतियार तथा खरखजना बुझाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन्।

न्युजिल्यान्डमा सैन्य शैलीको हतियार प्रतिबन्ध

न्युजिल्यान्ड सरकारले सबै प्रकारका अर्धस्वचालित हतियार र राइफलमाथि प्रतिबन्ध लगाएको छ। केही दिनअघि ५० जनाको ज्यान जाने गरी क्राइस्टचर्चमा रहेका दुई भिन्न मस्जिदमा भएको गोलीकाण्डपछि न्युजिल्यान्ड सरकारले यसअघि सर्वसाधारणलाई हतियार राख्न दिएको व्यवस्थालाई परिवर्तन गरेको हो।

न्युजिल्यान्डमा व्यक्तिले स्वचालित हतियार राख्न नपाउने घोषणा

न्युजिल्यान्ड सरकारले बिहीबार कुनैपनि व्यक्तिले घातक हतियार राइफल राख्न नपाउने गरी प्रतिबन्ध लगाएको छ।  क्राइस्टचर्च मस्जिदमा प्रार्थनाका लागि भेला भएका व्यक्तिमध्ये ५० जनाको सामूहिक हत्या भएको केही दिनभित्रै न्यूजील्यान्ड सरकारले नयाँ नियम घोषणा गरेको हो।

कहाँबाट ल्याए विप्लवले हतियार ?

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन्। उनले तत्कालीन लडाकुका छवटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरबाट विप्लव समूहले हतियार लगेको दाबी गरे।

विप्लवले शिविरबाट हतियार लगेको मन्त्री खनालद्वारा खुलासा

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रमाणि खनाल ‘बलदेव’ले तत्कालिन लडाकु शिविरबाट विप्लव समूहले हतियार लिएर बाहिरिएको बताएका छन्। उनले तत्कालिन छ वटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरहरुबाट विप्लव समूहले हतियार लिएर बाहिरिएको दावी गरे।

भोजपुरमा रातो हाब्रेको छाला सहित हतियार बरामद

जिल्ला प्रहरी कार्यालयले विभिन्न वन्यजन्तुको छाला, अङ्ग र अवैध हातहतियार बरामद गरेको छ। प्रहरीले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु रुमलाका निरकुमार भुजेलको घरमा छापा मार्दा हतियारसहित दुर्लभ वन्यजन्तुको छाला फेला पारेको हो।

बरामद हतियार माओवादीका हैनन् : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय विभिन्न स्थानबाट बरामद हतियार क्यान्टोनमेन्टबाट हराएका सेनका हतियार भएको दाबी गरेका छन्। माओवादी क्यानटोनमेन्टमा भएका सबै हतियार उतिबेलै व्यवस्थापन गरिसकिएको भन्दै उनले माओवादीले लुकाएको हतियार भेटिएको भन्ने आरोप सत्य नभएको बताए। कम्युनिस्टहरू नमिलुन् भनेर केहि शक्ति लागिपरे पनि उनीहरूले केही बिगार्न नसक्ने उनको भनाइ थियो। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीस“ग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

‘विप्लव माओवादी’सँग एम १६ र एलएमजी, बिशेष ब्यूरोले अनुसन्धान गर्दै

धरानको वडा नं ६ पानवारीबाट अत्याधुनिक अतियारसहित पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कोशी ब्यूरो सदस्य देवकुमार लिम्बूलाई हिरासतमा राख्न ६ दिनको म्याद थप भएको छ। लिम्बुलाई शुक्रबार जिल्ला अदालत सुनसरीबाट अनुसन्धानको लागि ६ दिनको म्याद थप भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए।

एलएमजी र एम १६ सहित बिप्लवका कार्यकर्ता पक्राउ

अत्याधुनिक हतियारसहित विप्लव माओवादीका एक कार्यकर्ता प्राउ परेका छन्। उनी धरान पानबारीबाट एलएमजी र एम १६ सहित  पक्राउ परेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्