१५ वैशाख २०८१ शनिबार
image/svg+xml

उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउन निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरुलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

कक्षा १२ को परीक्षा भौतिक रुपमै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन

समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

अफगानिस्तानमा रहेका नेपालीलाई छिटो उद्धार गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले अफगानिस्तानमा रहेका नेपालीहरुको छिटो उद्धार गरी स्वदेश फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ।

खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन

संसदीय समितिले कोभिड-१९विरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

मेलम्ची खानेपानी आयोजनाबाट विस्थापितलाई तत्काल राहतको व्यवस्था मिलाउन निर्देशन

संसदीय समितिले बाढीका कारण मेलम्ची खानेपानी आयोजनाबाट विस्थापित भएकाहरुलाई तत्काल सुरक्षित बसोबाससहित राहतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

अनलाइन कक्षालाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड १९ बाट प्रभावित शिक्षा क्षेत्रलाई नियमित गर्न अनलाइन कक्षालाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

महिला आयोगमा पदाधिकारी नियुक्त गर्न सरकारलाई निर्देशन

लामो समयदेखि पदाधिकारी विहिन रहेको राष्ट्रिय महिला आयोगमा सिघ्र पदाधिकारी नियुक्त गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । पदाधिकारी नियुक्ति नहुँदा नीतिगत कामहरु समेत गर्न समस्या भएकाले उल्लेख गर्दै संसदको महिला तथा सामाजिक समितिले तत्काल अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्