१५ आश्विन २०७७ बिहीबार

गर्भवती र सुत्केरीको निःशुल्क बीमा

कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ।

राष्ट्रिय बीमा कम्पनीद्वारा सडक निर्माण बीमा दाबी भुक्तानी

सरकारी मातहतमा रहेको राष्ट्रिय बीमा कम्पनीले ४६ लाख ८३ हजार रुपैयाँ सडक निर्माण बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले जनकपुर सडकको निमार्ण कार्य क्षति दाबी बापत उक्त रकम भुक्तानी गरेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालले सम्बन्धित कम्पनीका प्रतिनिधिलाई उक्त रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल बङ्गलादेश बैँकद्वारा १५ लाख बीमा दाबी भुक्तानी

नेपाल बङ्गलादेश बैँकले बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको १५ लाख रुपैयाँ बीमा रकम दाबी भुक्तानी गरेको छ ।

बीमा कम्पनीद्वारा ९२ अर्ब १७ करोड बीमाशुल्क आर्जन

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीले करिब ९२ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

लकडाउनमा बीमा कम्पनीले कर्मचारी हटाउन नपाउँने

जीवन तथा निर्जीवन बीमा कम्पनीको नियामक निकाय बीमा समितीले लकडाउनका अवधीमा कार्यरत कर्मचारी नहटाउन निर्देशन दिएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीले लम्वेतान लकडाउनका कारण कम्पनीको खर्च कटौती गर्नै कर्मचारी हटाउँन सूरु गरेपछि सबै कम्पनीलाई कर्मचारी नहटाउन निर्दैशन दिएको समितीका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

बैंक अफ काठमाण्डूद्धारा बीमा दाबी भुक्तानी

बैँक अफ काठमाण्डूले ‘बिओके सफलता मुद्दती खाता’ योजना अन्र्तगत बैंकमा खाता खोलेका ग्राहकलाई बीमा दावि भुक्तानी गरेको छ।

जीवन बीमाद्धारा एक महिनामा १४५ करोड बीमा शुल्क आर्जन

मुलुकका जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष ०७६/०७७ को जेठ महिनामा करिब एक अर्ब २५ करोड रुपैयाँ प्रथम बीमा शूल्क संकलन गरेका छन्।

११ महिनामा २२ अर्ब बीमा शूल्क संकलन

मुलुकका १९ निर्जीवन बीमा कम्पनीले चालु आवको जेठ मसान्तसम्म करिब २२ अर्ब ३७ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन्।

गण्डकी प्रदेशका सबै नागरिकको बीमा हुने

मुलुकको उत्कृष्ट पर्यटकीय गन्तव्य गण्डकी प्रदेशको सबै नागरिककको स्वास्थ्य बीमा हुने भएको छ। गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने तयारीमा रहेको जनाएको छ।

काठमाडौं महानगरपालीका सबै कर्मचारीको जीवन बीमा

काठमाडौं महानगरपालिकाले कार्यरत सबै कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा गरेको छ।

बीमा कोषको रकम बैंकमा राख्न अनुमती लिनु नपर्ने

बीमा कम्पनीलाई आफ्नो ‘टेक्निकल रिजर्भ’ कोषको रकम वाणिज्य बैंकमा राख्न बीमा समितीको अनुमती लिनु नपर्ने भएको छ । यसअघि बैंकमा रकम जम्मा गर्दा नियामक निकाय बीमा समितीको स्वीकृती लिनु पर्ने व्यवस्था रहेकोमा आईतबार एक निर्देशन जारी गर्दै समितीले अब आफुखुसी क वर्गका वाणिज्य बैंकमा रकम राख्न अनुमती दिएको हो ।

असार मसान्तभित्र लाइसेन्स नविकरण गरिसक्नु पर्नै

जीवन तथा निर्जीवन बीमा कम्पनीको नियामक निकाय बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरलाई चालु आर्थिक वर्षको असार मसान्तभित्र अुनमति पत्र नविकरण गराउन निर्देशन दिएको छ ।

जीवन बीमा कम्पनीद्वारा साढे ४२ अर्ब कर्जा प्रवाह

मुलुकका १९ जीवन बीमा कम्पनीले बीमालेख धितोमा राखी करिब ४२ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। चालु आर्थिक वर्ष ०७६/०७७ को त्रैमासिक अवधीमा यी जीवन बीमा कम्पनीले उक्त रकम बीमालेख धितोमा राखि कर्जा प्रवाह गरेको बीमा समितीले जनाएको छ।

जीवन बीमा कमिसन सात अर्ब

मुलुकका १९ जीवन बीमा कम्पनीले करिब सात अर्ब २६ करोड ८४ लाख रुपैयाँ बीमा अभिकर्ता कमिसन वितरण गरेका छन् । बीमा कम्पनीहरुले प्रकासित गरेको चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सो अवधीमा करिब डेढ लाख जना जीवन बीमा अभिकर्तालाई उक्त बीमा अभिकर्ता कमिसन रकम दिएका हुन् ।

जीवन बीमाको ६३ अर्व बीमा शूल्क उठ्यो

मुलुकका १९ जीवन बीमा कम्पनीले ६३ अर्ब रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन्। बीमा समितिका अुनसार उक्त बीमा शूल्क रकम चालु आर्थिक वर्ष ०७६/०७७ को वैशाख मसान्तसम्मको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्