coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु

रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ।जिल्लाको चौरजहारी नगरपालिका–१३ रातामाटाकी २२ वर्षीया सुत्केरी विनिता ओली विष्ट र जिल्लाको सानीभेरी गाउँपालिका–१ जगल गाउँकी ६१ वर्षीया गङ्गी पुनको मृत्यु भएको हो।

सिन्धुलीमा सर्पको टोकाइबाट तीन महिनामा तीन जनाको मृत्यु, ४२ घाइते

सर्पको टोकाईबाट सिन्धुलीमा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार तीन महिनाको अवधिमा सर्पको टोकाईबाट तीन जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।

सर्पले टोकेर एक जनाको मृत्यु

सर्पको टोकाइबाट सिगास गाउँपालिका–७ न्वाघरका ५५ वर्षीय करि दमाइको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

एउटै वडामा १६ जनालाई सर्पले टोकेपछि स्थानीयवासी त्रसित

महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन्। महोत्तरीको भङ्गहा नगरपालिका–५ राजपुरमा पाँच घन्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन्। धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले टोकेपछि उनको मृत्यु भएको थियो ।

सर्पको टोकाइबाट एकको मृत्यु, एक घाइते

सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराज नगरपालिका– १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सर्पको टोकाइबाट एकको मृत्यु

दैलेखमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका–२, कुषाडीका २० वर्षीय ललित नेपालीको मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्