१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

आम्दानीको गतिलो माध्यम बन्दै कफीखेती

दक्षिण ललितपुरको ग्रामीण बस्तीमा व्यावसायिक कफीखेती वैकल्पिक आम्दानीको गतिलो स्रोत बन्न थालेको छ। विगतमा कोदो र मकै खेती मात्र गर्दै आएका यहाँका किसान व्यावसायिक कफीखेतीतर्फ आकर्षित भएका हुन्।

एउटै फार्मबाट ५ करोडको अर्गानिक कफी विदेश निर्यात

उत्तर फर्किएको सुख्खा डाँडा, साना बुट्यान जंगलभित्र लटरम्म पाकेका कफीका बोट। किसानलाई टिप्न भ्याई नभ्याई छ।

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमै अब्बल

नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो।

कफीको माग बढ्यो, उत्पादन बढेन

आन्तरिक तथा विदेशी बजारमा कफीको माग उच्च भएपनि उत्पादन बढ्न सकेको छैन । कफी खेतीबाट उच्च मूल्यसहित प्रतिफल लिन सकिने भएपनि अपेक्षित रुपमा कफी खेती विस्तार हुन सकेको छैन ।

कफी उत्पादन बढ्यो

कफीको लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले यो वर्ष कफी उत्पादन वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा करिब २० मेट्रिक टन ग्रिनबिन कफीको उत्पादन बढ्ने चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

कफी पिउँदा लामो उमेर !

प्रायः पश्चिमेलीहरु जे कुरामा पनि शोध गर्न रुचाउँछन् । पछिल्लो समय गरिएको एउटा शोधमा दिनमा तीन पटक कफी पिउँदा मानिसको आयु लामो हुन सक्ने सम्भावना शोधकर्ताले व्यक्त गरेका छन् । यो शोध युरोपका दस देशका करिब पाँच लाख मानिसहरुमाथि गरिएको थियो । ३५ वर्ष उमेर समूहभन्दा माथिका व्यक्ति यस शोधमा संलग्न गरिएका थिए ।

कफी अल्टरनेटिभ्स

धेरैका लागि लत बनिसकेको छ, कफी । बढ्दो छ, कफी सप र क्याफे खुल्ने क्रम पनि । विभिन्न नाम र ब्रान्डमा खुलेका कफी हाउसले तातो र चिसो कफीका स्वाद ग्राहकलाई चखाउँदै आएका छन् । कफीका लागि क्याफे धाउनेको संख्या पनि उकालो लाग्दै छ।

बाढी पीडितको सहयोगार्थ ‘कफी र कविता’

ठमेलको अन्नपूर्ण मार्केटस्थित फ्रेस विन्च क्याफेमा सधै जसो विदेशी गीत संगीतको चर्चा हुन्छ । यहाँ आउने पाहुनाहरू अधिकांश विदेशी हुन्छन् । तर, शनिबार फ्रेस विन्चको हलमा नेपाली कविताको हरफहरु वाचन भइहरको थियो।

कफी, केक र किताब कम्बो

यो कफीको पारखीका लागि नेपाली अर्ग्यानिक कफीको स्वादमा रमाउने उत्तम ठाउँ हो। कफी, केक र किताबमा रमाउने युवाका लागि यो आकर्षणको केन्द्र बनिसकेको छ। साथै, अरु खानेकुरा पनि बोधीको मेन्युले समेटेको छ।

कफीको मूल्य बढ्यो

सरकारले गतवर्षको तुलनामायस वर्ष कफीको मूल्यबढाएको छ । राष्ट्रिय चियातथाकफीविकास बोर्डले मंसिर १ गते(बुधबार) देखिलागू हुने गरी साबिकको तुलनामा बढाएरमूल्यनिर्धारण गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्