९ मंसिर २०८१ आइतबार
image/svg+xml

भूकम्पले भत्किएका २४३ सम्पदा पुनःनिर्माण अलपत्र

गोरखा भूकम्पको साढे तीन वर्ष बित्दासमेत २४३ सम्पदा पुनःनिर्माणकाे काम भने सुरु हुन सकेको छैन। भूकम्पले भत्किएकामध्ये २०१ पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

नक्कली भूकम्प पीडितलाई रकम फिर्ता गर्न निर्देशन

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्प पीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बन्धित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ।

सिंहदरबारको पश्चिमी भाग पनि प्रबलीकरण गर्न सकिने

भूकम्पका कारण क्षतिग्रस्त बनेको मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिमी भागको पनि प्रवलीकरण(रेट्रोफिटिङ) गर्न सकिने देखिएको छ। उक्त भवनको उत्तर, पूर्व र दक्षिण भागमा भइरहेको प्रबलीकरण एक वर्षमा सम्पन्न हुने भएको छ।

अझै बनेन रातो मछिन्द्रनाथ मन्दिर

तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतिस्थित रातो मछिन्द्रनाथको मन्दिरको पुनःनिर्माणमा ढिलाइ भएको छ । २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यही वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको सुरुआत यहीँबाट गरेका थिए।

रानीपोखरी पुनःनिर्माण अन्योलमा

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ।

५९ सीमास्तम्भ पुनःनिर्माण

दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ। तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो।

रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ।

गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि १ करोड बजेट

लिच्छविकालीन स्थानीय गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धारका लागि आगामी आर्थिक वर्ष २०७५–०७६मा पुरातत्व विभागले १ करोड बजेट विनियोजन गरेको छ।

रानीपोखरी पुनःनिर्माण : साढे दुई करोड व्यर्थ

रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म रु दुई करोड ५० लाख सकिएको छ।  विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि रु ११ करोड ६० लाख ७३ हजार ९०० लाग्ने अनुमान भए पनि करीब रु सात करोडमा निर्माण कम्पनीलाई जिम्मा दिइएको कामपाका लेखा अधिकृत श्याम पाण्डेले जानकारी दिए।

जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माणको काम शुरु हुने

रानीपोखरी पुनःनिर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माण सामग्री यही वैशाख मसान्तसम्ममा निकाली आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ।

तेइस हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

भारत सरकारको सहयोगमा यहाँको तेइस हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पुर्‍याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ।

विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविको भवन पुनःनिर्माणका लागि प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा सवा करोड रुपैयाँ आर्थिक सहयोग जुटेको छ।

काष्ठमण्डप पुनःनिर्माणका लागि प्रमुख शाक्यलाई ज्ञापनपत्र

स्थानीय नागरिक दबाब अभियानको तर्फबाट काष्ठमण्डप पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाइएको छ।

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु

२०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्