यस्तो छ संसदभित्रको अंकगणित
प्रतिनिधिसभामा तत्काल कायम सदस्यको बहुमत प्राप्त व्यक्ति प्रधानमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ। त्यसैले प्रधानमन्त्री बन्न १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ।
प्रतिनिधिसभामा तत्काल कायम सदस्यको बहुमत प्राप्त व्यक्ति प्रधानमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ। त्यसैले प्रधानमन्त्री बन्न १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला चुनावको बेला टिकट बाँड्ने समितिमा थिए र समानुपातिकको एक नम्बरमा बस्ने सहमति जनाए।
आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मिति नजिकिँदै गर्दा दैलेखमा चुनावी प्रचार अभियान तीव्र बन्दै गएको छ। अहिले दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभामा आफू जित्ने दाबी गर्दै वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँगै, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति, विवेकशील पार्टीलगायतका नौवटा दल घरदैलो अभियानमा जुटेका छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणा नेपाली कांग्रेसबाट चुनावी मैदानमा छन्। पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्न लागेकी आरजुले दोश्रो संविधान सभामा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन लडेको यो क्षेत्र रोजेकी हुन्।
आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द (वाम गठबन्धन)को पकड बलियो देखिएको छ । गत असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मत तुलना गर्दा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वाम गठबन्धनको मत नेपाली कांग्रेसको भन्दा निकै अघि देखिएको हो ।