८ वैशाख २०८१ शनिबार

रुसद्वारा क्रिमिया सैन्य अभ्यास अन्त्य गरेको घोषणा

युक्रेनको सिमानाबाट पहिलो पटक सेना फिर्ता गर्ने घोषणा गरेको एक दिनपछि रुसले बुधबार मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फर्किएका बताएको छ।

लकडाउनमा एउटै पालिकाका १४ विद्यालय गाभिए

गोरखाको भिमसेन थापा गाउँपालिका भित्रका १४ विद्यालय गाभिएका छन् । विद्यार्थी संख्या कम भएका विद्यालयलाई शैक्षिक शत्र २०७७ देखि लागु हुने गरी गाभिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए । ‘लकडाउनले विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएन, तर पनि हामीले पालिका भित्रका १२ वटा गाभ्ने, दुईवटा कक्षा घटाउने निर्णय गरेका छौँ ।’ उनले भने ।

मेगा र टुरिजम डेभलपमेन्ट बैंक गाभिए

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको बताएका छन्।

एनसिसीमा ४ विकास बैंक गाभिए

नेपाल राष्ट्र बैंकको ३ वर्षदेखिको प्रयासको फलस्वरुप नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकसँग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेसनल डेलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंक मर्ज भएका छन्। एनसिसीले मर्जरपछि आइतबारदेखि नै एकीकृत कारोबार सुरु गर्ने जनाएको छ।

प्रशासनमा गाभिए दरबारका कर्मचारी

राजतन्त्र अत्य भएको आठ वर्षपछि सरकारले राजप्रासाद सेवाका ५ सय ६ कर्मचारीलाई प्रशासन सेवामा गाभेको छ। राजदरबार अन्तर्गत काम गर्दै आएका ती कर्मचारीलाई सामूहिक रूपमा प्रशासन सेवामा तानिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्