८ मंसिर २०८१ शनिबार
image/svg+xml

कोरोनापछिको पर्यटनः बढ्दै व्यापार, व्यस्त व्यवसायी

ठमेल क्षेत्रका झन्डै १० हजार व्यवसायी र तिनमा निर्भर झन्डै १२ लाख मानिसको रोजगारीमा परेको संकट अब केही टर्ने झल्को देखिएको छ। हालसम्म नेपालमा १ सय ४२ वटा तारे होटल रहेका छन्। जसमा डिलक्स, पाँचतारे १५, चारतारे १७, तीनतारे ३३, दुईतारे ४२ र एकतारे ३४ वटा रहेका छन्।

कोभिड—१९ को खर्च, आम्दानीको अलग्गै लेखा परीक्षण गरिने

महालेखापरीक्षकको कार्यालयले कोभिड—१९ मा भएको खर्च, आम्दानी र कारोबारको अलग्गै लेखा परीक्षण गर्ने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि भएको खर्च, जुटेको सहयोग लगायतका विषयमा कार्यालयले अलग्गै लेखा परीक्षण गर्ने भएको हो । महालेखापरीक्षक टंकमणि शर्माले आर्थिक वर्ष सकिएपछि कोभिड—१९ नियन्त्रणका लागि भएको खर्च र भएको आम्दानी कोरोबार समेतको विशेष लेखा परीक्षण गरिने बताए ।

आन्तरिक तथा बाह्य उडान जेठ २ सम्म बन्द

कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ। शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिखसम्म बन्द गर्ने निर्णय गरेको हो।

अब देशभरका १० स्थानबाट कोरोना परीक्षण हुने

सरकारकाले देशभरी विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण सुरु गरेको छ। काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण सुरु गरिएको हो।

क्वारेन्टाइनमा बसेकालाई म्याग्दीमा प्रशंसापत्र दिएर बिदाइ गरियो

कोराना भाइरस (कोभिड—१९) को जोखिम न्यूनीकरणका लागि विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न निकै मुस्किल भयो। वैदेशिक रोजगारबाट फर्किएकालाई अनिवार्य क्वारेन्टाइनका बस्नुपर्ने नियम बनाइएपनि विदेशबाट फर्किएकाले केहीदिन अटेरी समेत गरे। पटक–पटक क्वारेन्टाइनमा बस्न सूचना जारी नै गर्नुपरेको अवस्थामा म्याग्दीको एक स्थानीय तहले तोकिएको समयअवधिसम्म क्वारेन्टाइनमा बसेर घर फर्किनेलाई प्रशंसापत्र दिँदै विदाइको नौलो सुरुवात गरेको छ।

खाद्यान्न व्यवस्थापन

कोरोेना भाइरस (कोभिड—१९) का कारण अहिले विश्व दुुई किसिमबाट आतंकित छ । पहिलो, यसको संक्रमणबाट कसरी जोगिने भन्ने । दोस्रो, लकडाउनमा कसरी खाद्यान्न जोहो गर्ने भन्ने । स्पेन, इटलीजस्ता कतिपय मुलुकले अति आवश्यकीय सामान लिन बजारमा सर्वसाधारणलाई सजिलै जान दिएका छैनन् । अमेरिकालगायत विकसित मुुलुकका ठूल्ठूला डिपार्टमेन्टल स्टोरहरूमा सामान लिन उपभोक्ताबीच झगडा नै भएका घटना सार्वजनिक भएका छन् ।

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ। शुक्रबारका लागि बोलाइएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको हो।

कोरोनाको सामना गर्न तयार रहेको चिकित्सक संघको भनाइ

नेपाल चिकित्सक संघले कोरोना भाइरस (कोभिड—१९) को सामना गर्न सरकारलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्