२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सर्वोच्चको आदेश: कृष्णदासलाई थुनामै राख्नु

सर्वोच्च अदालतले विराटनगरका सिद्धबाबा वैष्णव कृष्णदास भनिने भन्ने कृष्णबहादुर गिरीलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश गरेको छ।

संक्रमणले थुनावाका मुद्दा प्रभावित

सर्वाेच्च अदालतले आगामी साताका लागि पेशी तोकिएका सबै थुनुवाका मुद्दा साप्ताहिक पेशी सूचिबाट स्थगित गरेको छ। सर्वाेच्चले असोज २४ देखि ३० सम्मका लागि तोकिएका थुनुवाका सबै मुद्दा साप्ताहिक पेशीमार्फत स्थगित गरेको हो।

बुहारी मार्ने अधिकारी थुनामा

जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

सोती घटना : बाँकी ५ जना पुर्पक्षका लागि कारागार चलान

सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।

सुस्मिता हत्या प्रकरण : अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने दुई युवा थुनामा

पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन् । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् ।

रुपन्देही देवदह प्रकरण : अंगिराको मुद्दामा तीनजनालाई थुनामा राख्न आदेश

रुपन्देही जिल्ला अदालतले देवदहकी १३ वर्षिया बालिका अंगिरा पासीको मुद्धामा पक्राउ परेका तीनै जनालाई थुनामा राख्ने आदेश दिएको छ ।

रुकुम पश्चिम घटना : वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न आदेश

रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

८ लाख तिर्न नसकेपछि थुनामा

कृषि विकास बैंक शाखाका तत्कालीन ऋण शाखा प्रमुख गोपाल गिरीले विशेष अदालत काठमाडौंले तोकेको धरौटी तिर्न नसकेपछि थुनामा गएका छन्।

लोक गायक प्रकाश कटुवाल पुर्पक्षका लागि थुनामा

होटल व्यवसायीमाथि आक्रमण गरेको आरोप लागेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत तनहुँले शुक्रबार कटुवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

पत्रकार साह हत्याका अभियुक्तलाई थुनामा राख्ने आदेश

बारा जिल्ला अदालतले पत्रकार वीरेन्द्र साह हत्याकाण्डका अभियुक्त कुन्दन भनिने नरेन्द्र फौजदारलाई बिहीबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

बिहे गर्ने भन्दै ३३ लाख ठग्ने युवा पुर्पक्षका लागि थुनामा

बिहे गर्ने आश्वासन दिएर एक महिलाबाट लाखौं ठगी गरेको आरोपमा पक्राउ परेका खोटाङका एक युवालाई अदालतले पुर्पक्षका लागि थुना आदेशमा राख्ने दिएको छ।

डिजेल ट्यांकर गायब गर्ने थुनामा

अज्ञात समूहले कब्जामा लिएको बहाना बनाएर अमलेखगन्जबाट विराटनगर जाँदै गरेको डिजेलको ट्यांकर गायब बनाएको घटनामा अदालतले चालकसहित चारजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

किर्ते बैंक ग्यारेन्टी पेस गर्ने ठेकेदार थुनामा

रौतहटको गढीमाई नगरपालिकामा वाग्मती नदीको समनपुर घाटको बालुवा–गिट्टी ठेक्का हत्याउनको लागि नक्कली बैंक ग्यारेन्टी बनाएर पेस गरेको आरोपमा भाग्यमानी कन्स्ट्रक्सनका सञ्चालक रामानन्द साहलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

आस्था राउतलाई थुनामा राख्नु गलत : कोमल वली

राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्