९ मंसिर २०८१ आइतबार
image/svg+xml

लेकसाइडमा अवाञ्छित गतिविधि रोक्न महानिरीक्षक निर्देशन

रात्रिकालीन व्यवसायले पर्यटकीय क्षेत्र लेकसाइमा कोलाहल मच्चाएको भन्ने गुनासो बढिरहँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्यस्ता गतिविधि गर्नेलाई तुरुन्त नियन्त्रणमा लिन गण्डकी प्रदेश प्रहरीलाई निर्देशन दिएका छन्। लेकसाइडमा मध्यरातपछि डान्स र डिस्कोबाट बाहिरिएको समूहले गर्ने अवाञ्छित गतिविधि रोक्न उनले प्रहरीलाई निर्देशन दिएका हुन्। एउटाले व्यवसाय गर्दा अर्काेलाई असर पार्न नहुने उनले बताएका छन्।

ज्योति बैंकको शाखा र एटिएम विस्तार

ज्योति विकास बैंकले कास्कीको तालचोक र लेकसाइडमा शाखा विस्तार गरेको छ। बैंकले कास्कीको तालचोक र लेकसाइड, महेन्द्रनगर, धरान, चापागाउँ, गोंगबु र महाराजगन्जमा एटिएम सेवा सञ्चालन गरेको हो।

जबर्जस्ती करणीको अभियोगमा चार पक्राउ

पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

रत्न मन्दिर र हिमागृह खुल्ला गरौं : सांसद पाहारी

गण्डकी प्रदेशका सांसद राजीव पाहारीले पोखरा लेकसाइडको रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गर्नुपर्ने बताएका छन्। संघीय सरकारको मातहतमा रहेको उक्त दुई स्थान खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताएका हुन्। उक्त दुई स्थानलाई खुल्ला नगरेसम्म आन्तरिक तथा वाह्य पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि नहुने उनको भनाई छ। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्य प्राप्तिका निम्तिपनि सो आवश्यक भएको उनले बताए।

खर्चिला स्वदेशी पाहुना

लेकसाइडको अतिथि रिसोर्टमा ४९ कोठा छन्। अहिले तीमध्ये झन्डै ६० प्रतिशत आन्तरिक पाहुनाले भरिएका छन्। बाँकीमा विदेशी छन्। रिसोर्टको वर्षभरको अकुपेन्सी अनुपात ४० प्रतिशत आन्तरिक पाहुनाको हुने गरेको छ। अतिथि मात्र नभई गनिएको अर्काे टेम्पल ट्री रिसोर्टमा पनि आन्तरिक पाहुनाको आगमन राम्रो छ। ६८ कोठाको टेम्पल ट्रीका २५ प्रतिशत कोठा आन्तरिक पाहुनाले भरिएका छन्।

‘फुड, ड्रिंक्स एन्ड म्युजिक’ थिम

पर्यटकीय क्षेत्र लेकसाइडमा नयाँ रेस्टुरेन्ट सञ्चालनमा आएको छ। हल्लनचोकमा ‘पब डान्सिङ बोट’ नामकाे रेस्टुरेन्ट सञ्चालनमा आएको हो। रेस्टुरेन्ट सञ्चालनका लागि झन्डै ५ करोड रुपैयाँ लगानी भएको सञ्चालकले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्