९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

‘फुड, ड्रिंक्स एन्ड म्युजिक’ थिम

पोखरा लेकसाइडमा खुलेको पब डान्सिङ बोट। तस्बिर: नागरिक

पोखरा– पर्यटकीय क्षेत्र लेकसाइडमा नयाँ रेस्टुरेन्ट सञ्चालनमा आएको छ। हल्लनचोकमा ‘पब डान्सिङ बोट’ नामकाे रेस्टुरेन्ट सञ्चालनमा आएको हो। रेस्टुरेन्ट सञ्चालनका लागि झन्डै ५ करोड रुपैयाँ लगानी भएको सञ्चालकले बताएका छन्।

‘चिल्ली बार’ पोखराको व्यवस्थापनमा सञ्चालनमा आएको यो रेस्टुरेन्ट सञ्चालन गरिएको हो। बाजेदेखि नाति पुस्तासम्मकै पाहुनालाई लक्षित गरी सञ्चालनमा ल्याइएको यसका सञ्चालकले बताएका छन्।

‘पब कल्चर’ सत्रौं शताब्दीतिर ब्रिटिस र आयरल्यान्डबाट सुरु भएको मानिन्छ। ‘पब’लाई सामान्यतया मानिस जमघट भई सामाजिक रूपमा घुलमिल हुने र खानपिन तथा संगीतमा झुम्दै ‘रिफ्रेस’ हुने ठाउँको रूपमा लिइन्छ।

लेकसाइडका पुराना रेस्टुरेन्ट व्यवसायीले संयुक्त रुपमा यो ‘पब’ मा लगानी गरेका छन्। विश्वराज पौडेल, भीष्मराज पौडेल, वेदप्रसाद बराल, मीनराज पौडेल, दामोदर पौडेलले संयुक्त लगानी गरेर यो ‘पब’ सञ्चालनमा ल्याएका हुन्। यसमा एकैचोटि २ सय ५० जना पाहुनालाई सेवा प्रवाह गर्न सकिने व्यवस्थापनले जनाएको छ।

रेष्टुरेन्टको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पोखरामा ‘रेस्टुरेन्ट संस्कार’ बढ्दै गएको सुनाए । उनले ‘रेस्टुरेन्ट कल्चर’ बढ्दै जाँदा यसले प्रत्यक्ष रूपमा प्रदेशको आर्थिक उन्नतिमा पनि प्रभाव पारेको बताए। उनले यहाँको पर्यटकीय सम्भावना बढाउन निजी क्षेत्रको लगानीले ठूलो भूमिका खेल्ने बताए।

रेस्टुरेन्टका प्रबन्ध निर्देशकसमेत रहेका भीष्मराज पौडेलले गण्डकी प्रदेशलाई पर्यटकीय हब बनाउनका लागि एउटा सानो प्रयास आफूहरूले गरेको बताए। ‘हामीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार यो पब सञ्चालन गरेका हौं,’ उनले भने, ‘पब पारखीका लागि यो डेस्टिनेसन बन्न सक्छ।’ ‘फुड, ड्रिंक्स एन्ड म्युजिक’ थिममा सञ्चालनमा आएको ‘पब’ दिउँसो १२ बजेदेखि राति ११ बजेसम्म खुल्ने उनले जानकारी दिए। ‘पब’मा दैनिक स्थानीय तथा राष्ट्रिय ब्यान्डको प्रस्तुति रहने व्यवस्थापक पौडेलले बताए।

‘पब कल्चर’ सत्रौं शताब्दीतिर ब्रिटिस र आयरल्यान्डबाट सुरु भएको मानिन्छ। ‘पब’लाई सामान्यतया मानिस जमघट भई सामाजिक रूपमा घुलमिल हुने र खानपिन तथा संगीतमा झुम्दै ‘रिफ्रेस’ हुने ठाउँको रूपमा लिइन्छ। ब्रिटिस र आयरल्यान्डबाट सुरु भएको ‘पब’ संस्कृति अहिले विश्वव्यापी रूपमा फैलिएको छ।

सञ्चालनमा आएसँगै ‘पब डान्सिङ बोट’ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मुनाफाको केही रकम फेवाताल संरक्षणका लागि खर्च गर्ने जनाएको छ। ३ महिनासम्म ‘सफ्ट ओपनिङ पिरियड’ रहने जनाएको पबमा यो अवधिमा ग्राहकका लागि १० प्रतिशत छुटको व्यवस्था पनि गरिएको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए।

प्रकाशित: ७ आश्विन २०७५ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App