१० आश्विन २०८३ शनिबार
image/svg+xml

प्रधानमन्त्री शाह स्वदेश फर्किए

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन्।

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन्।

हेटौंडामा ट्याङ्कर र मोटरसाइकल ठोक्किँदा दुई घाइते

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडामा ट्याङ्कर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। घाइतेमध्ये मोटरसाइकल पछाडि सवार एक युवकको अवस्था गम्भीर रहेको छ।

पहिरोले बेनी-जोमसोम-कोरला सडक अवरुद्ध

लगातारको वर्षापछि दर्जनभन्दा बढी स्थानमा पहिरो खस्दा बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

खोलाले बगाएर महिलाको मृ*त्यु

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ स्याउलीबारकी बेगमाया दमाईलाई लहुँबाट सिम्रुतु खोला तरेर स्याउलीबजार जाने क्रममा खोलाले बगाएको थियो।

धाप बाँधको संरचना सामान्य, पानीको सतह निरन्तर निगरानीमा

काठमाडौं उपत्यकाको पानीको आवश्यकता पूरा गर्न तथा वर्षायाममा संकलित पानी सुख्खायाममा उपयोग गर्ने उद्देश्यले निर्माण गरिएको धाप बाँधको मुख्य संरचनामा हालसम्म कुनै असामान्य अवस्था नदेखिएको आयोजनाले जनाएको छ।

दोस्रो सातामा पनि ‘झिँगेदाउ २’ को दर्शक चाप, शनिबार शो बढाइयो

गत असोज २ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘झिँगेदाउ २’ले दोस्रो सातामा पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ ।

भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार

भन्सार विभागले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुनका लागि पत्राचार गरेको छ।

‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्, प्रकृतिले भने विपरीत कुरा बताउँछ’

नेपालले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उक्त उच्चस्तरीय विशेष कार्यक्रम गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ।

कांग्रेस महामन्त्रीमा लुम्बिनी सभापति अमरसिंह पुनको दाबेदारी

नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ः०० बजे नदीमा पानीको सतह ८ दशमलव ९८ मिटर पुगेको छ।

भोटेकोशी बाढीको एक महिना : भित्तामा धमिलिँदै तस्बिर, आफन्तको पर्खाइमा सुक्दै आँसु

कुशको शव बनाएर कतिपयले गरे अन्तिम बिदाइ, अझै हजारौँ परिवारलाई आफ्ना प्रियजनको अवस्थाबारे थाहा छैन

कोमलसँगको सम्बन्धको चर्चामा गोविन्दाको स्पष्टीकरण: यो मलाई परिवारबाट टाढा बनाउने योजनाबद्ध प्रयास हो

केही दिनअघि मुम्बईको प्रसिद्ध लालबागचा राजाको दर्शनका क्रममा गोविन्दा कोमलसँगै देखिएपछि सामाजिक सञ्जालमा उनीहरूबीचको सम्बन्धलाई लिएर विभिन्न चर्चा चलेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्