९ मंसिर २०८१ आइतबार
image/svg+xml

इजरायली लडाकू विमान सिरियाले खसाल्यो

सिरियाको सेनाले गोली हानेर शनिबार बिहान एउटा इजरायली लडाकू विमान खसालिदिएको बताएको छ। मध्य सिरियास्थित सैन्य शिविरलाई लक्षित गरी केही इजरायली युद्धक विमानले शनिबार विहान हवाई आक्रमण थालेपछि सिरियाली वायु सुरक्षा बलले ती आक्रमणलाई विफल पार्न सफल भएको सिरियाली राज्य सञ्चालित टेलिभिजनले जनाएको छ।

सिरियामा ३६ जना मारिए

विद्रोहीको नियन्त्रण रहेको मानिने सिरियाको दमास्कस नजिकै पर्ने गोटामा भएको हवाई आक्रमणमा परी ३६ जनाको मृत्यु भएको छ ।सिरियाको सरकारी पक्षका सुरक्षाकर्मीले बिहीबार गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको अनुगमनकर्ताहरूले बताएका छन् ।

सिरियामा भएको हवाई कारबाहीमा २९ सर्वसाधारणको मृत्यु

सिरियाली राजधानी दमासकसको नजिकमा पर्ने एक इलाकामा सुरक्षाफौजबाट भएको हवाई कारबाहीमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ।

सिरियाली मुख्य विपक्षीद्वारा रुससँगको वार्ता अस्वीकार

सिरियामा जारी हिंसाको शान्तिपूर्ण निकासका लागि भन्दै रुसले आयोजना गर्न लागेको शान्तिवार्ता सिरियाको मुख्य विपक्षी दलले अस्वीकार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

टर्कीको आक्रमणपछि कुर्द प्रशासनले सिरियालाई गुहार्यो

टर्कीले लगातार आक्रामक कारवाही जारी राखेपछि सिरियाको उत्तरमा रहेको अफ्रिन क्षेत्रको कुर्द प्रशासनले सिमा सुरक्षाको रक्षा गर्न सिरियाली फौजलाई गुहारेको छ ।

सिरियाको विषयमा रुस र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

सिरियामा स्थायित्व र शान्ति स्थापनाको विषयमा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनबीच शनिबार टेलिफोन वार्ता भएको समाचार छ।

सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन : राष्ट्रसंघ

सिरियाली शरणार्थीले घर फर्किन चाहेको भए पनि उनीहरुलाई स्वदेशमा रहन सक्ने सुरक्षित वातावरण अझै बन्न नसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ।

हवाई कारबाहीमा परी सिरियामा २१ सर्वसाधारण मारिए

सिरियाको उत्तरपश्चिमी प्रान्त इडबिलमा विद्रोहीहरूको अखडालाई लक्षित गरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा आठजना बालबालिकासमेत मारिएका मानवअधिकारवादी समूहले जनाएको छ ।

सिरियामा दुई रुसी सैनिक मारिए

सिरियामा नयाँ बर्षको पूर्व सन्ध्यामा इस्लामिक स्टेटका ९ आइएस आतङ्ककारी समूहले गरेको मोर्टार आक्रमणमा परी दुई जना रुसी सैनिक मारिएका छन्

सिरियाको रक्कामा गाडिएका ११५ शव निकालियो

सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ ओटा शव बाहिर निकालिएको छ।  ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्धारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र सरकारी सुरक्षाकर्मीहरुको भएको अनुमान गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था सानाले जनाएको छ।

सिरियामा भएको भिडन्तमा दर्जनौको मृत्यु

सरकारको नियन्त्रण भन्दा बाहिर रहेको सिरियाको एउटा प्रान्तमा भएको आक्रमणमा परी दर्जनौको मृत्यु भएको छ।  इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमा पर्ने ठाँउमा सरकारी सुरक्षाकर्मीहरू र जिहादी लडाकूबीचमा शुक्रबार भिडन्त भएको थियो।

सिरियामा रुसी सेनाको कारबाहीमा २२ बिद्रोही मारिए

उत्तरपश्चिमी सिरियाली सहर इडलिबमा रुसी सेनाको हवाई कारबाहीका क्रममा परी सोमबार साँझ २२ जना विद्रोहीको मृत्यु भएको छ।  मारिनेमा सिरियाका विद्रोही लडाकूहरु रहेको मानवअधिकारकर्मीहरूले पुष्टी गरेका छन्। सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियाली विद्रोहको अवस्थाका बारेमा अनुगमन गरिरहेको अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ।

अस्ट्रेलिया र सिरियाबीच रस्साकस्सी

गृहयुद्धका बावजुद पनि प्लेअफमा स्थान सुरक्षित गर्दै छनोट चरणमा अविस्मरणीय स्थान बनाएको सिरिया मंगलबार दोस्रो लेगमा एसियन च्याम्पियन अस्ट्रेलियाको चुनौती पाखा लगाउँदै पहिलो पटक विश्वकपमा छनोट हुने सपना साकार पार्ने लक्ष्यमा हुनेछ ।

गत महिना सिरियामा ३ हजार नागरिक मारिए

सिरियामा गएको महिना अर्थात सेप्टेम्बरमा मात्र करिब ३ हजार जना नागरिकको ज्यान गएको छ । यसरी मारिनेमा सर्वसाधाराण नागरिकको संख्या नौै सय ५५ रहेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार सो जानकारी दिएको हो । उक्त संस्थाले दिएको जानकारी अनुसार सिरियामा गएको पाँच वर्षभन्दा लामो समयदेखि जारी हिंसाको क्रममा गत महिना सन् २०१७ मा मारिएकामा सबैभन्दा बढी हिंसा भएको अथवा धेरै मानिसको ज्यान गएको महिनाका रुपमा रहेको छ ।

आइएसद्धारा ७३ सिरियाली सैनिकको हत्या

सिरियामा गएको २४ घन्टायता एक बजार इलाकामा भएका झडपहरुमा परी कम्तीमा ७३ जना सिरियाली सैनिक र सरकार समर्थक लडाकूको ज्यान गएको समाचार छ । आइएसले उनीहरुको हत्या गरेका हुन् । सिरियाली सेना र सरकार समर्थक लडाकूहरुले आइएसका विरुद्ध कारबाही गरेका थिए । होम्स प्रान्त र मरुभूमि क्षेत्र मानिने दार ए जोरमा आइएसमाथि सो कारबाही गरिएको थियो । तर पनि कारबाहीका क्रममा आइएसले नै सरकारी सेनाको हत्या गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्