लेबनान र सिरियाली सीमामा सैनिक कारबाही
गएको पाँच बर्षभन्दा लामो समयदेखि गृहयुद्ध जारी रहेको सिरिया र लेबनानको सीमा क्षेत्रमा सिरियाली सैनिक र लेबनानको लडाकू समूह हेज्बोल्लाहले संयुक्त सैनिक कारबाही सुरु गरेको छ।
गएको पाँच बर्षभन्दा लामो समयदेखि गृहयुद्ध जारी रहेको सिरिया र लेबनानको सीमा क्षेत्रमा सिरियाली सैनिक र लेबनानको लडाकू समूह हेज्बोल्लाहले संयुक्त सैनिक कारबाही सुरु गरेको छ।
अमेरिकाले सिरियाका राष्ट्रपति बशर अल अशद्को शासनको विरूद्धमा संघर्ष गरिरहेका व्यक्तिहरूलाई सहयोग नगर्ने घोषणा गरेको छ ।
सिरियाली सेनाले आइएस विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा गत २४ घन्टामा कम्तीमा ७० जना इस्लामिक स्टेट(आइएस)का लडाकु मारिएका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वविदेश मन्त्री हेन्री किसिङगरसँग बुधबार रुस र सिरियासँगको सम्वन्धका बारेमा छलफल गरेका छन् ।
संयुक्त राष्ट्रसंघले सिरियासँगको शान्ति वार्ताका लागि प्रयास भइरहेको जनाएको छ । सो संस्थाले उक्त वार्ताका लागि केही समयपछि मध्यस्थकर्ताको सम्मेलन गर्ने तयारी भएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जानकारी दिएका छन् ।
सिरियामा दुई हप्ता अगाडि भएको आक्रमणमा सरकारले नै रसायनिक हतियारको प्रयोग गरेको अर्गनाइजेसन फर प्रोहिविशन अफ केमिकल वेपेन्सले गरेको अध्ययनले पुष्टि गरेको छ ।
विश्वका सातवटा ठूला औद्योगिक राष्ट्रहरुको समूह जी सेभेनका विदेशमन्त्रीहरुको बैठकको मुख्य विषय सिरिया र रुसलाई बनाइएको छ ।
इस्लामिक स्टेट (आइएस), लडाकूहरूको राजधानी मानिने उत्तरी सिरियाको राक्वा प्रान्तमा शनिबार अमेरिकाआवद्ध हवाई हमलामा परी कम्तीमा १५ सिरियालीको मृत्यु भएको छ ।
अमेरिकाले शुक्रबार सिरियामाथि गरेको मिसाइल आक्रमणको सिरियाली विद्रोहीले स्वागत गरेका छन् । उक्त आक्रमण पर्याप्त नभएको र अझै आक्रमण गर्नका लागि उनीहरुले आह्वान गरेका छन् ।
अमेरिकाले सिरियाली सरकारको रासायनिक आक्रमणविरुद्ध गरेको क्षेप्यास्त्र प्रहारले अझै जटिल परिस्थिति आउनसक्ने संयुक्त राष्ट्रसंघले दाबी छ।
सिरिया सरकारले गरेको रसायिनक आक्रमणविरुद्ध अमेरिकाले क्षेप्यास्त्र प्रहार गरेको छ। सिरियाली विमानलाई जमिनमै रोक्नका लागि अमेरिकाले मिसाइल आक्रमण गरी चेतावनी दिएको हो।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा सिरियाको आक्रमण बारे विभिन्न देशले आ –आफ्नै धारणा राखेका छन् ।
विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार बिहानै भएको विषालु ग्यास आक्रमणमा परी कम्तिमा १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये दुई जना बालबालिका रहेका छन्।
उत्तरी सिरियाको अलेप्पो राज्यमा पर्ने एउटा गाउँमा अवस्थित एक मस्जिदलाई लक्ष्यगरी भएको हवाई आक्रमणमा परी बिहीबार कम्तीमा ४२ जनाको मृत्यु भएको छ
सिरियाको अदालत क्षेत्रमा भएको आत्मघाती हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने धेरैको सङ्ख्यामा घाइते भएका छन् । उक्त हमलालाई सुरक्षाकर्मीले रोक्ने प्रयास गरे पछि आक्रमणकारीले नै विष्फोट गराइ घटना घटाएको खुलेको छ ।