सिरियाको युद्धग्रस्त क्षेत्रमा पुग्यो राहत सामाग्री
सिरियाको युद्धग्रस्त क्षेत्रमा राहत सामाग्री बोकेका ट्रक तथा सवारी साधनहरु पुगेका छन्। नोभेम्बर यता सिरियाका युद्धग्रस्त चार सहरहरुमा राहात सामाग्री बोकेका कुनै पनि सवारी साधन पुग्न सकेका थिएनन्।
सिरियाको युद्धग्रस्त क्षेत्रमा राहत सामाग्री बोकेका ट्रक तथा सवारी साधनहरु पुगेका छन्। नोभेम्बर यता सिरियाका युद्धग्रस्त चार सहरहरुमा राहात सामाग्री बोकेका कुनै पनि सवारी साधन पुग्न सकेका थिएनन्।
सिरियामा भएको ६ वर्ष लामो गृहयुद्धका क्रममा गत वर्ष सबैभन्दा बढी संख्यामा बालबालिकाको मृत्यु भएको तथ्य सावैजनिक भएको छ। मृत्यु हुने बालबालिकाको संख्यामा सन् २०१५ यता २० प्रतिशतले बढी रहेको जनाइएको छ। संख्यामा भन्ने हो भने ५५२ बालबालिकाहरुको युद्धका क्रममा मृत्यु भएको छ।
सिरियाको होम्सस्थित दुई वटा सुरक्षा बेस क्याम्पमा शनिबार भएको आत्मघाती हमलमा ३२ जनाको मृत्यु भएको छ।होम्स आत्मघाती आक्रमणमा सिरियाली सैनिक गुप्तचर प्रमुखको समेत मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
सिरियामा जारी द्वन्द्व समाधान सम्बन्धमा रसियाले सिरियाली राष्ट्रपति बसर अल असदलाई आतङ्कवादविरोधी अभियानमा सघाएको बताए पनि वास्तवमा आतङ्कवादी गतिविधि नियन्त्रणमा रसियाली कारबाही केन्द्रित नभएको फ्रान्सले बताएको छ ।
अङ्करा पक्षधर सिरियाली जिहादी विद्रोहीलाई लक्षित गरी इश्लामिक स्टेट (आइएस) समूहले गरेको रासायनिक ग्यास आक्रमणमा परी २२ जना सिरियाली नागरिकको मृत्युभएको टर्कीको सेनाले आइतबार जनाएको छ ।
रिपब्लिकन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनले दंगाग्रस्त मध्य पूर्वी देश सिरियासम्बन्धी लिएको विदेश नीतिले तेस्रो विश्वयुद्ध निम्तने दाबी गरेका छन्।
रुसले अमेरिका र बेलायतले राष्ट्रसंघको आपतकालीन बैठकमा आफूलाई गम्भीर आरोप लगाएको भन्दै खेद प्रकट गरेको छ । सोमबार राष्ट्रसंघका लागि अमेरिकी राजदूत समेन्था पावरले सुरक्षा परिषदमा बोल्दै रुसले सिरियामा गरिरहेको कारबाही बर्बरतापूर्ण भएको बताएकी थिइन् भने ब्रिटेनका विदेशमन्त्री बोरिस जोनसोनले यदि आक्रमणमा रुसको संलग्नता प्रमाणित भए युद्ध अपराधको भागी हुनुपर्ने चेतावनी दिएका थिए ।
जेनेभा— संयुक्त राष्ट्रसङ्घले मङ्गलबार मानवीय सहायताका लागि सिरियाको द्वन्द्व प्रभावित प्राचीन सहर पठाएका सम्पूर्ण सामानलाई फिर्ता गर्न निर्देशन दिएको छ ।
बेरुत –सिरियामा विद्रोहीको बलियो प्रभाव रहको क्षेत्रलाई लक्ष्यगरी गरिएको हवाई आक्रमणहरुमा दर्जनौ सर्वसाधारणको मृत्यु भएको छ।
बेरुत– सिरियामा विद्रोह गरिरहेका छाता सङ्गठनले युद्धविराम गराउन रसिया र अमेरिकाबीच भएको सम्झौताको स्वागत गरेको छ।
सिरियामा युद्धविराम गर्न रुसलाई दवाव दिन अमेरिकी विदेश मन्त्री जोन केरी जेनेभा जानु भएको छ। उनले रसियाका विदेश मन्त्री सेर्गेइ लाभरोभलाई नभेट्न पनि सक्ने तर युद्धविरामका लागि केही न केही प्रगती भने गराउने उनीसँगै रहेका अधिकारीहरुले बताएका छन्।
सिरियाको सरकारले नियन्त्रणमा लिई सरकारी जेलमा १८ हजार कैदी मारिएको एमनेस्टी इन्टरनेशनलले जनाएको छ। एकमेस्टीले बिहीबार सार्वजनिक गरेको एक अध्ययनका अनुसार सरकारी चरम यातना तथा बालात्कारका कारण उनीहरुको ज्यान गएको हो ।
सिरियाको उत्तरी सहर क्वामिस्लिमा बुधबार भएको आत्मघाती बम विस्फोटमा परी ४४ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यले जनाएका छन्।
बेरुत– युद्धविरामका बीच पनि सिरियामा मंगलबार र बुधबारको आक्रमणमा परी ३६ जनाको ज्यान गएको छ। सिरियामा केही समय पहिलेदेखि युद्वरत पक्ष र सरकारबीच शान्तिवार्ता हुने भन्दै युद्व विराम भएको थियो।