८ मंसिर २०८१ शनिबार
image/svg+xml

असारे विकास अन्त्य गर्ने प्रतिबद्धता

प्रदेश १ का मन्त्रालयहरूले आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समीक्षा कार्यक्रममा प्रदेश १ का मन्त्रालयहरूले चालु आर्थिक वर्षदेखि नै असारे विकास अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन्।

धान रोपाइँ ४० प्रतिशत मात्र

समयमा वर्षात् सुरु नभएकाले असार मसान्तसम्म धान रोपाइँ ४०.४६ प्रतिशत मात्र भएको छ। यो पाली गत वर्ष भन्दा २३.४२ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

असार सकियो, रोपाइँ सकिएन

असार महिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन्। कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।

३३० दिनमा नौ अर्ब, २४ दिनमा सबा तीन अर्ब

असारे विकासको बेथिति यो वर्ष पनि कम भएन। पुँजीगत खर्च बढाएर कामको प्रगति देखाउन प्रदेशका सबै मन्त्रालयहरु जेठ दोस्रो सातादेखि कम्मर कसेर लागे। सरकारी कार्यालयका सभा, गोष्ठी सेमिनारले बुटवल भैरहवाका होटलमा असार १५ जस्तै छ।

बजेट सिध्याउने असारे विकासले जनता आजित

चल्तीका र राम्रा भए पनि एउटै सडकमा पटक–पटक गिटी बिछ्याइनुलाई आर्थिक वर्षको अन्त्यमा बजेट सक्ने हतारोका रूपमा स्थानीयले बुझेका छन्।

पानी नपरेपछि धान रोप्न ट्युवेलको भर (भिडियो रिपोर्ट)

आज असार १५ अर्थात धान दिवस। कृषकहरुलाई यतिबेला रोपाई गर्न भ्याई नभ्याई हुने समय हो तर आकासे पानीमा भर पर्नु परेपछि अधिकांश किसानहरु चिन्तित छन्।

सुर्खेतमा रोपाईको उल्लास (भिडियो)

आज असार १५। किसानहरु आ-आफ्नो खेतमा होहोतारे होहो...गर्दै रमाईरहेका छन्। यो दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउने गरिन्छ। कर्णाली प्रदेशमा पनि रोपाई गरेर असार १५ मनाइएको छ।

एक किसानको अनुभव : घर बनाएर सकिइसक्यो फाँट (भिडियो)

नेपाली समाजमा असार १५ को विशेष महत्व छ। असार १५ लाई किसानहरुको दिनकोरुपमा लिने गरिन्छ। 'मानो छरेर मुरी उव्जाउने' दिनको रुपमा लिइन्छ।

आज धान दिवस : किसानलाई छाडा पशु लखेट्दै ठिक्क

आज असार १५ अर्थात् धान दिवस। धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ। तर, बाँकेमा भने रोपाइँको सुरसार छैन। “ब्याड त राखेका छौँ”, जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्छन्, “सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन।”

कालोपत्रेमाथि ग्राभेल !

आर्थिक वर्षको मसान्तमा स्थानीय तहलाई बजेट सकाउन चटारो छ। त्यही चटारोकाबीच धनगढी उपमहानगरपालिकाले पनि खाल्डाखुल्डी भएको कालोपत्रे सडकमाथि नै ग्राभेल बिच्छाएको छ।

फेरिएन ‘असारे विकास’ प्रवृत्ति, बर्खासँगै बिलाउँदै विकास

सरकारी अड्डाका लागि असार महिना भ्याइनभ्याइ हुन्छ । असारको सिमसिमे पानीमा कालोपत्रे, म¬सलधारे वर्षामा नाली निर्माण, पक्की ढलान, पोखरीमा रिटेनिङ वालको काम हुन्छ, भइरहेको छ । बजेट खर्च गर्न हतारमा गरिने यस्ता काम न दिगा हुन्छन् न त बजेटको सही सदुपयोग हुन्छ । ‘असारे विकास’ आर्थिक अनियमितता गर्ने सजिलो माध्यम बनेको छ । यसैको नमुना बनेको छ, सिरहाको सुखीपुर नगरपालिकाले ठेक्केदारमार्फत निर्माण गराएको पोखरीको रिटेनिङ वाल (पर्खाल) । निर्माण सकिएसँगै सो वाल भत्किन सुरु भयो । चैत ३० गतेको झरीका कारण वाल भत्किएर पोखरीमा विलय भएको छ ।

असारे विकासका लागि जथाभावी खोला र नदीको दोहन

रौतहटका अधिकाश खोला र नदीको दोहन तिव्र रुपमा भइरहेको छ । असारे विकासका बजेट सकाउन माफियाहरुले जथाभावी खोला र नदीबाट ढुंगा, गिटी, बालुवा तथा ग्राभेल उत्खनन गरिरहेका छन्।

कालोपत्रेमाथि ग्राभेल : स्थानीय परे आश्चर्यचकित

धनगढी उपमहानगरपालिकाले कालोपत्रेमाथि ग्राभेलिङ गरेर विकासको उपहास गरेको छ। वडा नम्बर ३ विशालनगरमा कालोपत्रेमाथि ग्राभेलिङ गरिएको हो।

असारभित्र विद्युत् उत्पादन

माथिल्लो त्रिशुली थ्री ‘ए’ ले आगामी असारभित्र विद्युत् उत्पादन सुरु गर्ने भएको छ। रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजनाको ८५ प्रतिशत काम सकिएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : असारमा परीक्षण उडान

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण धमाधम भइरहेको छ। विमानस्थल निर्माण सन् २०१४ डिसेम्बरबाट सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्