५ आश्विन २०८१ शनिबार
image/svg+xml

ट्याक्टरको ठक्कर पैदल यात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट सहोडवा– ६ की ४० वर्षीया अरुणा देवी झाको मृत्यु भएको छ। जनकपुरबाट पिपरातर्फ आउँदै गरेको ज १ त ३१९४ नम्वरको ट्याक्टरले झालाई पदैल घर गई रहेको अवस्था ठक्कर दिएको थियो।

ट्याक्टर दुर्घटनामा मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बाग्दुलाबाट पुँजा–९ जादै गरेको रा १ च १८९७ नम्वरको ट्याक्टर दुर्घटनामा रजवारा–८ का करिव २२ वर्षीया सिता परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रिपर र ट्याक्टरमा यात्रु

दशैँ मानेर गाउँबाट सहर फर्कने सर्वसाधारणले यात्रुबाहक सवारी साधन नपाउँदा ट्रिपर, ट्रक, ट्याक्टर, जिप जस्ता मालबाहक सवारीमा यात्रा गर्न बाध्य छन् । जिल्लाको ग्रामिण भेगमा यातायात सञ्चालन गर्दै आएको यातायात ब्यवसायी समिति गोरखाले ४० भन्दा बढी क्यूमा सयभन्दा बढी यात्रुबाहक सवारी सञ्चालन भएको बताए पनि यात्रुको चाप अनुसार पुगेको छैन ।

एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु

सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ। इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को१त १८९ नंको ट्याक्टर र सिरहाको गोलबजारबाट विराटनगरतर्फ जाँदै गरेको स१च ८९४ नंको एम्बुलेन्स एकआपसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस र ट्याक्टर जुध्दा १४ घाइते

पूर्वपश्चिम राजमार्गको महादेवपुरीमा यात्रु बस र ट्याक्टर ठोक्किँदा १४ जना घाइते भएका छन्। काठमाडौंबाट धनगडीतर्फ जाँदै गरेको ना ६ ख २५९१ नम्बरकोे रात्री बस र वैजापुरबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ त ५८१६ नम्बरको ट्याक्टर महादेवपुरी–७ जंगलमा एकआपसमा ठोक्किएका हुन्।

ट्याक्टर र मोटरसाइक जुध्दा एकको मृत्यु

ट्याक्टरसँग मोटरसाइकल जुध्दा घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार साझ फिदिमको तुम्देन चोक छेउमा ट्याक्टरसँग मोटरसाइकल जुध्दा घाइते भएका ४३ वर्षीय भवानी भटराईको उपचारका क्रममा झापाको विर्तामोडमा रहेको विएण्डसि अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्