अलैँची जोन क्षेत्र विस्तार
जिल्लाको सिदिन र एकतिनमा २०७३/७४ देखि सुरु गरिएको अलैँची जोन कार्यक्रम विस्तार गरिएको छ। फालेलुङ गाउँपालिकामा पर्ने उक्त क्षेत्रसँगै अहिले पूरै गाउँपालिकामा अलैँची जोन विस्तार गरिएको हो।
जिल्लाको सिदिन र एकतिनमा २०७३/७४ देखि सुरु गरिएको अलैँची जोन कार्यक्रम विस्तार गरिएको छ। फालेलुङ गाउँपालिकामा पर्ने उक्त क्षेत्रसँगै अहिले पूरै गाउँपालिकामा अलैँची जोन विस्तार गरिएको हो।
राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान केन्द्र पाख्रिबास धनकुटाले अलैंचीमा लाग्ने रोग तथा कीराको न्यूनीकरणका लागि कृषकहरुलाई अलैंचीको स्वस्थ बिरुवा उत्पादन गरेर बिक्री वितरण गरेको छ। चियाको समाधानका लागि चियाको गुण र स्वाद तथा नामकरणका लागि अध्ययन अनुसन्धान गरिरहेको छ।
पात सुक्नेदेखि बोट नै मर्ने समस्याका कारण राईको अलैंचीको हरियाली बगान अहिले खंग्रङ्ग बनेको छ।
जिल्लाका किसानले अलैँची दाना बेचेर पाँच करोडभन्दा बढी आम्दानी गरेका छन्।जिल्लामा उत्पादित सात सय ५० क्विन्टल अलैंची दाना बिक्रीबाट पाँच करोड २५ लाख आम्दानी गरेका हुन्।
ताप्लेजुङ उद्योग वाणिज्य संघले यहाँको पश्चिमी क्षेत्रका तीन गाउँपालिकाका १–१ वटा कृषक समूहलाई १–१ थान अलैंची सुकाउने सुधारिएको भट्टी वितरण गरेको छ।
अलैंचीमा लाग्ने रोग नियन्त्रण गर्दै व्यवसायीकरणका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले अलैंचीमा लाग्ने रोग तथा नियन्त्रण सम्वन्धी तालिम सञ्चालन गरेको छ। केही वर्षयता रोगका कारण किसानको अलैंची बगान सखाप हुन थालेपछि गाउँपालिकाले अलैंचीलाई रोगबाट बचाउने उपायबारे जानकारी दिन दुईदिने तालिम आयोजना गरेको हो।
केही वर्ष यता रोगका कारण किसानका अलैंची बगान सखाप हुन थालेपछि गाउँपालिकाले अलैंची रोगबाट बचाउने उपायबारे जानकारी दिन दुई दिनको तालिम आयोजना गरेको हो।
पूर्वी नेपालका अलैंची किसान, व्यवसायी तथा निर्यातकर्ताले दोहोरो कर प्रणाली र भारत निकासीका क्रममा लाग्ने (गुड सेल्स ट्याक्स) हटाएर निर्यात सहज बनाइदिनेसहितका १५ बुँदे मागपत्र पेश गर्दै प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गरेका छन्।
लगातार चार महिना ओरालो लागेको मूल्यमा चैत दोस्रो साताको अन्तिम दिन देखिएको केही सुधार एक दिनभन्दा बढी नटिकेपछि अलैंची किसान तथा व्यवसायीमा पलाएको झिनो आशा फेरि मरेको छ।
मूल्य अकासिएर प्रतिमन (४० किलोग्राम) को एक लाख २० हजारसम्म पुग्दा अलैंचीलाई आर्थिक समृद्धिको माध्यम ठानेर धान खेत मास्दै खेती विस्तार गरेका पूर्वी पहाडका किसानलाई त्यो कदम अहिले अभिशाप भएको छ। अलैंची खेतीले उकालो नलगाउने भन्दै ताप्लेजुङका किसानले खेतीमा डोजर चलाएका छन्।
नेपालको प्रमुख निर्यातजन्य कृषिउपज अलैंची किसानको घरमै थन्किएको छ। पछि राम्रो मूल्य पाउने आसमा किसानले अलैंची थन्क्याएर राखेका हुन्। कृषिलाई प्राथमिकता दिने चर्चा भइरहँदा अलैंची किसान भने मूल्य नपाएर दिन प्रतिदिन निराश बन्दै छन्।
अलैंचीको मूल्य बढेर प्रतिमन एक लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिए। झन्डै सात लाख रुपैयाँ लगानी थपेर उनले अलैंची खेती विस्तार पनि गरे। साहुबाट महंगो ब्याज दरमा ऋण लिएका सार्कीले ६ लाख रुपैयाँ जति त सिँचाइ पाइप खरिद मै खर्चिए। बाँकी रकमले बिरुवा किनेर धान उत्पादन हुने खेतमा अलैंची लगाउनुभयो तर, सोचे जस्तो भएन।
मुलुकको प्रमुख निर्यातजन्य वस्तु अलैंचीलाई भारतलगायत तेस्रो मुलुक निर्यातमा भन्साररहित सुविधाको व्यवस्था गर्न किसानले सरकारसँग माग गरेका छन् ।
ताप्लेजुङका तीन वटा स्थानीयतहका २३ वटा वडामा अलैंची जोन कार्यक्रम लागु हुने भएको छ। अलैंची जोनक्षेत्र निर्धारणका लागि शुक्रबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो।
खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका किसान ज्ञानबहादुर शाही हिजोआज अलैंची टिप्न र सुकाउन व्यस्त छन् ।