एसएसबीद्वारा मारिएका गौतमको 'पोष्टमार्टम' रिपोर्ट भारतले माग्यो
भारतीय सशस्त्र सीमा सुरक्षा बलको गोलीबाट एक नेपाली मारिएको घटनाका कारण शुक्रबार कैलाली र कञ्चनपुरका सीमा नाका तनाबग्रस्त रहेका बेला भारत सरकारले विज्ञप्ति जारी गरेको छ। भारतीय विदेश मन्त्रालयले घटनामा 'मारिएका भनिएका' गाैतमको पोष्टमार्टम तथा फोरेन्सिक रिपोर्ट सेयर गर्न अाग्रह गरेको हो।