उद्योगीले घटाए हरियोपत्तीको मूल्य
हरियो चियापत्तीको तोकिएको मूल्य नपाएपछि किसान आन्दोलित बनेका छन् । चिया प्रशोधन उद्योगहरूले स्थानीय सरकारले तोकेभन्दा थोरैमात्र मूल्य दिने भएपछि किसान असन्तुष्ट बनेका हुन् ।
हरियो चियापत्तीको तोकिएको मूल्य नपाएपछि किसान आन्दोलित बनेका छन् । चिया प्रशोधन उद्योगहरूले स्थानीय सरकारले तोकेभन्दा थोरैमात्र मूल्य दिने भएपछि किसान असन्तुष्ट बनेका हुन् ।
फस्ट फ्लस (पहिलो टिपाइ) समयमा नभएपछि हरियोपत्ती पलाउन ज्यादै ढिलो गर्दा यो वर्ष पूर्वमा चिया उत्पादन कम भएको छ। श्रमिक आन्दोलनका कारण लामो समय मुना नटिपेर हुर्केका हाँगा फाँड्नु परेपछि पुनः हरियोपत्ती पलाउन ढिलो भएको हो।
देशका नौ हजारभन्दा बढी किसान चियामा व्यावसायिक भएपनि उनीहरूले चिया बेचेर उत्पादनमा हुने लगानी उठाउन सकेका छैनन् । हरियोपत्तीको मूल्य ज्यादै कम भएका कारण लगानी उठ्न नसकेको किसानको गुनासो छ।