९ मंसिर २०८१ आइतबार
image/svg+xml

अब्बल चित्रकार

प्राचीन इतिहास र संस्कृतिका विषयमा गहिरो अध्ययन गरी यथार्थपरक ढंगमा त्यतिबेलाको दृश्य क्यानभासमा उतार्नु सजिलो काम होइन। वर्षौंको साधनाबाट त्यही कठिन काम गरेका छन् कलाकार हरिप्रसाद शर्माले।

कलाका विविध बान्की

कलासम्बन्धी कक्षा लिइरहेका विद्यार्थीको क्षमता उजागर गर्ने उद्देश्यले सिर्जना कलेज अफ फाइन आर्टस्का ६ जना विद्यार्थीका विभिन्न कला प्रदर्शनीमा राखिएको छ। भदौ १२ गते बिहीबारदेखि नेपाल आर्ट काउन्सिलको हलमा प्रदर्शन भइरहेको ‘ब्याचलर अफ फाइन आर्टस् सो’ नामक युवा चित्रकारका कलामा सामाजिक, पर्यटकीय र औद्योगिक अभियानलाई समेटिएको छ।

'कलापुञ्ज'मा आधुनिक चित्रकला

पानी रंगको प्रयोग गरेर चित्रकार टार्जन साङ्पाङले तयार बनाएको चित्रकला प्रदर्शनीमा राखिएका छन्। त्यस्तै वन्यजन्तु संरक्षणबारे जनचेतना फैलाउन चित्रकार हिम पौडेलले डाँफे, गिद्ध र मयूर लगायतका पंक्षीको चित्रहरू क्यानभासमा उतारेका छन्।

आकर्षक चरा बनाउने चित्रकारहरू

विद्यालयको प्रवेशद्वारबाट भित्र छिर्नेबित्तिकै सुन्दर दृश्यले मन तान्यो। किनकि त्यहाँ बोटबिरुवा र विभिन्न खाले फूलहरू रोपिएका थिए। भित्ते साहित्यले विद्यार्थीहरू निकै सिर्जनशील छन् भन्ने प्रस्टै देखिन्थ्यो। बाहिर र भित्र जताततै चराका चित्रहरू थिए। नेपालमा पाइने विभिन्न जातका चराहरू थिए। कहिल्यै नदेखिएका चराहरू पनि थिए। विद्यार्थीहरू उत्साहको साथ आफ्नै धुनमा चराका चित्रहरू कोर्दै थिए। कोही कालिज त कोही डाँफेका चित्रहरू कोर्दै थिए। वातावरण चरामैत्री सुन्दर थियो।प्राय ः स्कुलका सबै भवनहरूमा चित्रहरू टाँसिएका थिए।

क्यानभासमा चलायमान भगवान

चित्रमा पात्रहरूको विभिन्न गतिविधि देखाउनु सामान्य हो । तर, चलायमान पात्रहरूको सोचलाई आधारित रहेर चञ्चल मन क्यानभासमार्फत देखाउनु चूनौतीपूर्ण काम हो । क्यानभासमा ऐक्रेलिकको प्रयोग गरेर चलायमान मनका भाव देखाएका छन्, चित्रकार रोशन भण्डारीले ।

‘जेसुम यात्रा’मा कविता र क्यानभास

भक्तपुरको अनन्त लिंगेश्वरमा ‘जेसुम यात्रा’ शनिबार सम्पन्न भएको छ। कला, साहित्य र रंगमञ्चमार्फत सकारात्मक उत्प्रेरणा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तेस्रो संस्करणको कार्यक्रममा कवि, चित्रकार र रंगकर्मीले हाइकिङ गर्दै आफ्ना सिर्जना कोरेका थिए।

सविताका चित्रमा कपाल र काइँयो

कुनै निर्जिव वस्तुमा जीवन खोजिनु कन्टेम्पोरेरी चित्रको विशेषता हो । चित्रकार सविता डंगोल त्यस्ता वस्तुसँग मानवका सोच प्रत्यक्ष जोडेर आफ्ना फरक धार बनाउन सफल छिन्।

ललितपुर मेयरमा कांग्रेसका ४ सिफारिस, चित्रकारको सम्भावना बलियो

ललितपुर उपमहानगरपालिकाको प्रमुख(मेयर)मा नेपाली कांग्रेसबाट ४ जनाको नाम सिफारिस भएको छ । सिफिरिसमा पर्नेहरुमा बाबुराजा चित्रकार, भरतलाल न्याछ्य, प्रेमकृष्ण महर्जन र चिनिबाबु महर्जन रहेका छन् ।

अमेरिकी चित्रकारले नेपालमा चित्र कोर्ने

अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल स्पेक्टरले नेपालको भित्तामा चित्र कोर्ने भएका छन्। आगामी शनिबार जावलाखेलस्थित स्टाफ कलेजमा आयोजना हुने 'सांस्कृतिक मेला'मा उनले भित्तेकला देखाउन लागेका हुन्।

चित्रकार खड्काको निधन

चित्रकार पुरन खड्काको मंगलबार ६० वर्षको उमेरमा निधन भएको छ। निमोनियाको संक्रमणबाट उनको मेडिकेयर अस्पतालमा निधन भएको हो। आफैं हिँडेर अस्पताल पुगेका खड्कालाई आइसियुमा राखी उपचार गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्