९ आश्विन २०८१ बुधबार
image/svg+xml

रातो रिबनभित्र कैद कोरोना संक्रमित, गाउँमा त्रास

घर अगाडि रातो रिबन बँधिएको छ । रातो रिबन भित्रको घरमा दुई युवाहरु पाँच दिनदेखि कैद छन् । असार ३ गतेका दिन उनीहरुको घरमा वडाका जनप्रतिनिधि आएर रिबन बाँधेर गए । त्यसपछि न उनीहरुको हालखबर सोधिएको छ, न त उनीहरुको स्वास्थ्य चेकजाँच नै गरिएको छ । गौरीगंगा नगरपालिका–१, गोप्का (चौमाला) का २७ वर्षिय र २६ वर्षिय पुरुष (दाजु भाइ) लाई पिसिआर चेकपछि कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि एकाएक जनप्रतिनिधि आएर उनीहरुको घर रेड जोनमा परेको भन्दै रातो रिबन बाँधिएको थियो ।

संक्रमितलाई नै घर पठाइयो, गाउँमा त्रास

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अन्तर्गत कोरोना संक्रमितहरूलाई घर पठाउन थालिएपछि गाउँमा त्रास फैलिन थालेको छ । संक्रमण भएर अस्पताल बसेकाहरूलाई कोरोना जाँच नगरेरै घर पठाउन थालेपछि गाउँमा त्रास फैलिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्