९ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतबाट फर्किनेको व्यवस्थापनमा कठिनाई

धादिङका स्थानीय तहहरुले भारतबाट घर फर्किएर सिमानामा अलपत्र परेकाहरुलाई उद्धार गरेका छन् । केही स्थानीय तहका प्रमुख आफै सिमानामा नै पुगेर उद्धार गरे तर उद्धार गरेकाहरुको व्यवस्थापनमा कठिनाई भएको छ ।

माओवादीका कठिनाई

यो समय सत्ताचरित्र फेर्ने स्थानीय तहको चुनावको हो । यो चुनाव गाउँ/नगरपञ्चायत, गाउँ÷नगर विकास समितिको जस्तो मात्रै हैन, गाउँ÷नगरपालिकाको चुनाव हो । एकाथरी मानिस चुनावलाई पहिलाको जस्तै मान्दैछन् भने कतिपयले यसलाई हुन नदिएर संविधान निरर्थक बनाउँदै पुरानै यथास्थितिको सपना देख्दैछन् । कुनै सन्दर्भको प्रगतिशीलता रूपमा जे देखिए तापनि अर्को समयमा सोही प्रकारको सक्रियता प्रतिक्रियावादको सहयोगी बन्न पनि सक्छ । समयको छनोटले काम मूल्यांकन हुन्छन् । अहिले द्वन्द्वकालीन मुद्दा, अदालती सक्रियता र समय चयन भने द्वन्द्व न्यूनीकरण गर्ने देखिँदैनन् । हरेक स्थायी सत्ता जहिले पनि परिवर्तनको भाषा बुझ्न अक्षम भएर संक्रमणकालीन न्यायको बाटो पछ्याउन पनि सक्दैन् । अहिले घटना त्यस्तै अस्वाभाविक तरिकाले बढ्दैछन् ।

संविधान संशोधन गर्न सकिए पनि व्यवहारमा कठिनाईः नेता ज्ञवाली

सिद्धान्तत संविधान संशोधन गर्न सकिने भए पनि वर्तमान नेपालको परिवेशमा संविधान संशोधन गर्न कठिनाई रहेको नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले बताएका छन्। ‘अंगीकृत नागरिकता, सीमांकन र भाषाका विषयमा कुनै पनि कुरा संशोधन गर्न नेकपा एमाले तयार छैन,’ उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्