१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

न्युजिल्याण्डद्वारा इंग्ल्याण्डसामु २४२ रनको लक्ष्य

एकदिवसीय विश्वकपको उपाधिका लागि न्युजिल्याण्डले आयोजक इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दुवै टोलीलाई इतिहास बनाउने अवसर

आयोजक राष्ट्र इङ्ल्यान्ड र न्युजिल्यान्ड दुवै आइतबार लड्र्समा हुने १२औं संस्करणको विश्वकप क्रिकेटको फाइनल आफ्नो बनाउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जित्न चाहन्छन्।

धर्मसेनाले फाइनल खेलाउने

श्रीलंकन अम्पायर कुमार धर्मसेनाले इङल्यान्ड र न्युजिल्यान्डबीचको एकदिवसीय क्रिकेट विश्वकप फाइनल खेलाउने भएका छन्। बिहीबार अस्ट्रेलिया र आयोजक इङल्यान्डबीचको सेमिफाइनलमा ओपनर जसन रोयलाई आउट दिँदा विवादमा तानिएका धर्मसेनालाई शुक्रबार आइसिसीले फाइनल खेलको जिम्मा दिएको हो। रोयको र जोनी बेयरस्टोको शतकीय साझेदारीमा इङल्यान्डले बिहीबार साबिकको विजेता अस्ट्रेलियालाई ८ विकेटले हराउँदै २७ वर्षपछि विश्वकप फाइनलमा प्रवेश गरेको थियो।

विश्वकप क्रिकेटको ४४ वर्ष

इङ्ल्यान्डमा जारी १२औं संस्करणको विश्वकपमा उपाधि भिडन्त गर्ने राष्ट्रको तय भइसकेको छ। यसपटकको विश्वकपमा साबिकको विजेता अस्ट्रेलिया र बलियो दाबेदार मानिएको भारतले सेमिफाइनलभन्दा माथिको यात्रा तयगर्न सकेनन्।

नेपाल र मलेसिया भिड्ने

सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार मलेसियासँग खेल्ने भएको छ।

सट्टेबाजहरू चुर्लुम्म डुबे

जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेलमा भारत पक्षबाट सट्टेबाजी गर्नेहरू चुर्लुम्म डुबेका छन्। दुई पटकको विश्वविजेता भारतलाई न्युजिल्यान्डले पराजित गरेपछि भारतको पक्षबाट बाजी राख्नेहरूको चिल्लीबिल्ली भएको हरिवनका एक युवाले बताए। ‘क्रिकेटमा भारत निकै बलियो टिम हो, त्यसैले भारतको पक्षबाट बाजी राख्ने धेरै हुन्छन्,’ ती युवाले भने, ‘भारतले जिते एक तथा अर्को टिमले जिते पाँच गुणासम्म बढी रकमको बाजी राखिएको थियो।’

अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड २७ वर्षपछि फाइनलमा, उपाधि भिडन्त न्युजिल्याण्डसँग

सेमीफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै आयोजक इंग्ल्याण्डले एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि न्युजिल्याण्डसँग भेट पक्का गरेको छ। पहिलो सेमीफाइनलमा भारतलाई पराजित गर्दै न्युजिल्याण्ड यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ।

स्टार्क र आर्चरबीच बलिङ भिडन्त

विश्वकप उपाधि रक्षाको लक्ष्यका साथ इङ्ल्यान्ड भ्रमणमा निस्किएको साबिक विजेता अस्ट्रेलिया बिहीबार दोस्रो सेमिफाइनलमा आयोजकको चुनौती पन्छाउँदै उपाधियात्रामा थप एक कदम अघि बढ्न चाहन्छ।

न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा

सन् २०११ को विजेता भारतलाई स्तब्ध बनाउँदै न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

टिकट चेकर बने ‘राँचीका राजकुमार’

भारतलाई दुई पटक विश्वकप क्रिकेटको उपाधि दिलाउन सफल महेन्द्रसिंह धोनी ‘राँचीका राजकुमार’ का रूपमा पनि परिचित छन्। गत आइतबार मात्र ३८औं वर्षका जन्मदिन मनाएका धोनीले भारतलाई एकदिवसीय र ट्वान्टी–२० क्रिकेटको उपाधि दिलाएका थिए।

बंगलादेशी प्रशिक्षक बर्खास्त

इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले खराब प्रदर्शन गरेपछि सोमबार बंगलादेशी क्रिकेट बोर्ड (बिसिबी) ले प्रमुख प्रशिक्षक स्टिभ रोड्सलाई जिम्मेवारीबाट हटाएको छ। बंगलादेशले तालिकाको आठौं स्थानमा रहँदै विश्वकप टुङ्ग्याएको थियो।

नेपाली टोली मलेसिया प्रस्थान

आइसिसी ट्वान्टी–२० विश्वकप एसियाली छनोट प्रतियोगिताका लागि अभ्यास खेल खेल्नका लागि नेपाली टोली मंगलबार मलेसिया प्रस्थान गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाली राष्ट्रिय टोलीको बिदाइ गरे।

न्युजिल्याण्ड टस जितेर ब्याटिङमा

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमीफाइनलमा न्युजिल्याण्डले भारतविरुद्ध ब्याटिङ रोजेको छ। म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा टस जितेर न्युजिल्याण्डले पहिला व्याटिङ गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्