विश्वकपको एशिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ
सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ।
सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ।
यस विश्वकपमा रोहित शर्माले निकै लोभलाग्दो प्रदर्शन गर्दा भारत लिगमा शीर्ष स्थानमा रहँदै विश्वकपको सेमिफाइनल पुग्यो। उनकै प्रदर्शनप्रेरित भारतले लिगका ९ मध्ये एक खेलमा मात्र इङ्ल्यान्डसँग हार बेहोरेको थियो। रोहितले एकपछि अर्को उत्कृष्ट ब्याटिङ गर्दा भारतले हरेक टोलीसँग चुनौती पेस गरेको थियो। उनै रोहित मंगलबार न्युजिल्यान्डसँगको सेमिफाइनलमा भारतका लागि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ उत्रँदै छ। भारतीय टोलीका लागि ओपनर रोहित निकै आशा गरिएका ब्याट्सम्यान हुन्।
साबिक उपविजेता न्युजिल्यान्ड र भारत इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपमा मंगलबार फाइनल प्रवेशका प्रतिस्पर्धा गर्दै छन्। शीर्ष टोली भारतले चौथौ स्थानमा रहेको न्युजिल्यान्डसँग खेल्दा जितको खोजीमा हुनेछ। आयोजक इङ्ल्यान्डसँग मात्र पराजित भएको भारत शीर्ष बन्दा उच्च मनोबलमा छ। भारतीय ब्याट्सम्यान पछिल्ला खेलमा निकै लयमा देखिएका छन् भने न्युजिल्यान्डले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।
अमेरिकाले लगातार दोस्रो पटक फिफा महिला विश्वकपको उपाधि जितेको छ। फ्रान्सको लियोनस्थित पार्क ओलम्पिकमा आइतबार राति भएको फाइनलमा नेदरल्यान्ड्सलाई २–० ले स्तब्ध बनाउँदै अमेरिकाले लगातार दोस्रो पटक विश्वकपको उपाधि उचाल्यो। अमेरिकाको समग्रमा यो चौथो उपाधि हो।
इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपमा शनिबार सेमिफाइनल समीकरण पूरा भएको छ। लिगको अन्तिम खेलमा साबिक विजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकासँग १० रनले पराजित भएसँगै सेमिफाइन प्रतिद्वन्द्वीको पनि टुङ्गो लागेको हो।
उस्मान ख्वाजा र मार्कस स्टोनिस चोटका कारण बाहिरिँदा अस्ट्रेलियाले जारी विश्वकप क्रिकेटका लागि म्याथ्यु वेड र मिचेल मार्सलाई टोलीमा बोलाएको छ।
इङग्ल्याण्डमा जारी विश्वकपपछि भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यास लिने विषय चर्चा समाजिक सञ्जालमा छ।
अघिल्लो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका तत्कालीन कप्तान महेन्द्रसिंह धोनी यो संस्करणमा केही आलोचित भएका छन्। मध्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने सक्ने धोनी यो संस्करणमा भने राम्रो चल्न नसक्दा समर्थकबाट आलोचित भएका हुन्।
भेट्रान बलर लासिथ मालिङ्गा सदैव श्रीलंकाली क्रिकेट टोलीका लागि निकै आशा गरिएका बलर हुन्। टोलीको आशाअनुरूप मालिङ्गाले प्रदर्शन पनि गर्छन्।
'सेमिफाइनल पुग्ने पाकिस्तानको सम्भावना अत्यन्तै न्यून,' कप्तान भन्छन्, 'हामी ५ सय रन बनाउने कोसिस गर्नेछौं।'
पूर्वकप्तान मोहम्मद नाबीले विश्वकपको छैटौं खेलमा भारतविरुद्ध अलराउन्ड प्रदर्शन गर्दा अन्तिम ओभरसम्म अफगानिस्तान जितनजिक पुगेको थियो। उत्कृष्ट बलिङसँगै नाबीले ब्याटिङमा पनि अफगानिस्तानलाई साथ दिँदा विश्वकपको बलियो टोली भारतले जितका लागि निकै संघर्ष गर्नुपरेको थियो। उक्त खेलमा भारतका कप्तान विराट कोहली र ओपनर लोकेश राहुलजस्ता ब्याट्सम्यानलाई आउट गर्दा अफगानिस्तानले निकै झीनो लक्ष्य पाएको थियो। ९ ओभर बलिङ गरेका नाबी ३३ रन खर्चिएर निकै किफायती बलर साबित भए।
वेस्ट इन्डिजका लागि सेल्डन कोट्रेल यस विश्वकपमा निकै आशालाग्दा बलर साबित भइरहेका छन्। ब्याटिङ र बलिङ दुवैमा वेस्ट इन्डिजका खेलाडीले बिर्सनलायक प्रदर्शन गरिरहँदा कोट्रेलले भने आफूलाई फरक साबित गर्ने प्रयास गरिरहेका छन्। त्यसैले पनि होला यस विश्वकपमा कोट्रेलले ८ खेलबाट १२ विकेट लिँदा वेस्ट इन्डिजका लागि सबैभन्दा सफल बलर साबित भइरहेका छन्। सर्वाधिक विकेट लिने सूचीमा १३औं स्थानमा रहेका कोट्रेलले बलिङका साथै विकेट लिनेबित्तिकै गर्ने सलुटको सेलिब्रेसनले पनि चर्चा कमाइ राखेका छन्।
न्युजिल्यान्डलाई १ सय १९ रनले हराउँदै आयोजक इङ्ल्यान्ड एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । पाहुना टोलीलाई हराएसँगै इङ्ल्यान्ड अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बनेको हो । यस अघि अस्ट्रेलिया र भारतले सेमिफाइलनमा स्थान सुरक्षित गरिसकेका छन् । योसँगै अन्तिम चारमा स्थान बनाउनका लागि दुई टोली पाकिस्तान र न्युजिल्यान्ड होड रोमाञ्चक मोडमा पुगेको छ । पाकिस्तानको अन्तिम खेल बंगलादेशसँग बाँकी छ।
पछिल्ला तीन खेलमा इङ्ल्यान्डका बेन स्टोक्सले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै आइरहेका छन्। जारी विश्वकपमा चार अर्धशतक बनाएका स्टोक्सले पछिल्ला तीन खेलमा ७९ रनभन्दा माथिको स्कोर जोडेका छन्।
बंलगादेशलाई २८ रनले पराजित गर्दै भारत इङल्यान्ड–वेल्समा जारी विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ।