५ वैशाख २०८१ बुधबार

नयाँ संक्रमितभन्दा निको हुने झन्डै दोब्बर

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २० जना कोरोना संक्रमणमुक्त हुँदा १ सय ६८ जनामा संक्रमित थपिएका छन्। ८ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४८ र १ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणदर ८.९ प्रतिशत

पिसिआर र एन्टिजेन दुवै परीक्षणबाट पनि ८.१ प्रतिशतमा कोरोना संक्रमणदर देखिएको छ। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ८ लाख ७८ हजार ६ सय ७६ पुगेको छ।

कोरोना संक्रमण : भेरी अस्पतालमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाँकेका ५७ वर्षीय पुरुष रहेका छन्।

नियन्त्रणमै आएन कोरोना संक्रमण: भेरी अस्पतालमा एकै रात दुई संक्रमितको मृत्यु

बाँकेमा बढेको कोरोना भाइरस(कोभि-१९)नियन्त्रणमा आउनै सकेको छैन। संक्रमण नियन्त्रणमा नआउँदा दिनहुँ मृत्युदर बढ्दै गएको छ।

प्रदेश १ मा ३६६ संक्रमित

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय १०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उदयपुर, संखुवासभा र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो।

र्‍यापिड पिसिआर गरेका १६७ नेपाली युएई उडे

स्रोतका अनुसार नेपाली विमान कम्पनीलाई उडान अनुमति दिए अन्य देशले समेत अनुमति माग्ने भएकाले हिमालय र निगमले अनुमति नपाएका हुन्। युएईको सिभिल एभिएसन अथोरिटीले परीक्षणको विधि परिवर्तन गरेको चार दिन बितिसक्दा समेत सम्बन्धित निकाय के गर्ने र के नगर्ने भन्ने अलमलमै रहेको बुझिएको छ।

मेडिकल प्रवेश परीक्षामा सहभागिता जनाउने विद्यार्थीको एपेक्सले गर्‍यो निःशुल्क पिसिआर परीक्षण

एपेक्स मेडिकल एन्ड इन्जिनियरिङ्ग एजुकेशन एकेडमीले विद्यार्थीको चिन्ता हटाउन आफ्नाे प्राङ्गणमै स्वाब परीक्षण सेवा निःशुल्क उपलब्ध गराएर विद्यार्थीलाई राहत दिएको मेडिकल परीक्षा तयारीमा रहेको विद्यार्थीहरू बताउँछन्।

मेडिकल प्रवेश परीक्षा दिन ७२ घण्टाभित्रको पिसिआर अनिवार्य

चिकित्सा शिक्षा आयोगले साउन ९ गतेदेखि स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेको छ। साउन ९ देखि १३ गतेसम्म सञ्चालन हुने प्रवेश परीक्षामा सबै परीक्षार्थीलाई पिसिआर रिपोर्ट अनिवार्य गरेको सूचना आयोगले सार्वजनिक गरेको परीक्षा तालिकामा उल्लेख छ।

विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ ।

प्रदेश १ मा ८ सय ६५ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार ८ सय ६५ जना संक्रमित थपिएका छन्। २ हजार १ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ८ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

अब घरमै पिसिआर परीक्षण

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो। जनस्वास्थ्य प्रयोगशालाले घरमै पिसिआर गर्न ‘घरमै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्नेसम्बन्धी मापदण्ड–२०७८’ ल्याएको छ।

अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला संचालनको तयारी

जिल्लाका ८ स्थानीय तह मिलेर गत वर्ष नै गठित ‘उदयपुर विकास बोर्ड’ले चालु वर्षको कोभिड दोस्रो भेरियन्ट कहरबाट बच्न जिल्लामै अक्सिजन प्लान्ट र पिसिआर परिक्षण गर्ने प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको छ। त्यसका लागि प्रत्येक नगरपालिकाले १० लाख र गाउँपालिकाबाट ५ लाख रूपैयाँका दरले बजेट विनियोज गर्ने निर्णय भएको छ।

पिसिआर नगरेका यात्रु बोकेर पालिका प्रवेश गर्ने सवारी साधन नियन्त्रणमा

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पिसिआर परीक्षण गरेको रिपोर्ट नबुझाई पालिका प्रवेश गर्ने यात्रु बोकेको सवारी साधन नियन्त्रणमा लिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्