२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

भारतमा अवैध रकम जम्मा गर्ने सईविरुद्ध भएन कारबाही

सिमा क्षेत्रमा अवैध तस्करीमार्फत लाखौँ आर्जन गरी भारतमै पैसा लुकाउने प्रहरी नायब उपरीक्षक मदन प्रसाद यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले कुनै कारबाही नगरेपछि उनलाइ चोख्याउन चलखेल सुरू भएकाे आशंका गरिएकाे छ।

अवैध रकमसहित दुई जना पक्राउ

अवैध बाटोको प्रयोग गरी नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शङ्का लागि जाँच गर्दा भारतीय रुपैयाँ दुई हजार दरको ६३ थान र ५ सय दरको ३सय ४८ थान गरी भारतीय तीन लाख रकम बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।

भरियामार्फत अवैध रकम ओसारपसार

स्रोत नखुलेको करिब २२ लाख रूपैयाँसहित रौतहट प्रहरीले सोमबार एकजनालाई पक्राउ गरेको छ। गौर नगरपालिका–४ बसपार्क नजिकबाट नम्बर नभएको रातो रङको स्कुटरमा सवारलाई शंका लागेर चेकजाँच गर्दा २१ लाख ९० हजार रूपैयाँसहित रौतहटको परोहा नगरपालिका–१ का महम्मद दिलसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोटरसाइकलको ट्यांकीमा लुकाइएको साढे २२ लाख बरामद

मोटरसाइकलमा लुकाएर लैजान लागिएको झण्डै २२ लाख रुपैयाँसहित एक जना युवकलाई पर्साको सीमावर्ती गाउँ बञ्जारीबाट सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ। मोटरसाइकलभित्र अवैध रुपले उक्त रकम लिएर सीमावर्ती छिपहरमाई गाउँपालिकाको भिस्वाबाट आइरहेका बाहुदरमाई नगरपालिका– ५ भौराटार घर भएका प्रकाश साहलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्