२१ आश्विन २०८१ सोमबार
image/svg+xml

म्याद गुज्रेका औषधि जफत

जिल्लाको जन्तेढुंगा गाउँपालिकामा सञ्चालित औषधि पसलबाट म्याद गुज्रेका औषधि जफत गरिएको छ। घरेलु तथा साना उद्योग विकास समितिको अगुवाइमा बिहीबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा जन्तेढुंगा–५ चिसापानी बजारमा सञ्चालित सो औषधि पसलबाट ५ हजार १ सयबराबरको म्याद गुज्रेका औषधि जफत गरिएको हो।

विकास अघिअघि, सिडिओ कुरुम्बाङ पछिपछि

सबैका अ–आफ्नै सपना हुन्छन। राष्ट्र सेवक कर्मचारी जुन प्रमुख जिल्ला अधिकारीको पदमा आसिन छन् – बिकास, सुशासन र सुरक्षाको प्रत्याभुति दिलाउँने सपना प्रथामिकतामा पर्छ। जसले समन्वयकारी भूमिका निभाएर उदाहरणीय काम गर्न सक्छ उसैको सफल प्रजिअको परिचय बन्छ। उसैले सर्वसाधरणको वाह– वाही कमाउँछ।

खाेटाङमा म्याद गुज्रेका औषधि जफत गरी जलाइयाे

घरेलु तथा साना उद्योग विकास समितिको अगुवाइमा बिहीबार गरिएको संयुक्त बजार अनुगमन क्रममा जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा सञ्चालित एक औषधि पसलबाट ५ हजार १ सय बराबरको म्याद गुज्रेका औषधि जफत गरिएको हो।

म्याद नाघेका खाद्यवस्तु नष्ट

हुम्लाको सदरमुकाम सिमकोट बजारमा म्याद गुज्रेका सामान बेच्ने गरेको पाइएको छ। जिल्ला बजार अनुगमन समितिले बिहीवार गरेको अनुगमनमा पाइएका म्याद गुज्रेका खाद्यवस्तु नष्ट गरिएको छ। समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलका अनुसार बजार अनुगमनमा दुई तीन वर्ष पुराना खाद्यवस्तु पाइएका हुन्।

मानव अधिकार उपभोगमा अझै चुनौती

माथिल्लो सगरमाथाका तीन जिल्लामा मानव अधिकार उपभोगमा अझै पनि चुनौती रहेको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेद भट्टराईलगायतको टोलीले गरेको अनुगमनका क्रममा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा अझै पनि मानव अधिकार उपभोगमा चुनौती कायम रहेको पाइएको हो।

म्याद गुज्रेका औषधि जफत

खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा सञ्चालित औषधि पसलबाट म्याद नाघेका औषधि फेला परेको छ। घरेलु तथा साना उद्योग विकास समितिको अगुवाईमा विहीबार गरिएको संयुक्त अनुगमनका क्रममा एउटै औषधि पसलबाट म्याद नाघेका १ हजार ४७६ रुपैयाँ बराबरको औषधि फेला परेको हो।

'सूचना पहिल्यै चुहिएपछि सीधासाधा मात्र फस्छन्'

खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा सञ्चालित औषधि पसलबाट म्याद नाघेका औषधि फेला परेको छ।

परीक्षा अनुगमन टोलीलाई बाजागाजा !

एसईई परीक्षाको तेस्रो दिन गणित विषयको परीक्षामा अनुगमन गर्न गएको अनुगमन टोलीलाई स्थानीले बाजागाजा सहित सम्मान गरेका छन्।

बन्द चिनी उद्योग पुगे उद्योग मन्त्री

विगत १४ वर्षदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखानाको संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मंगलबार स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्। चिनी कारखाना पुनः सञ्चालनका बेला मन्त्री यादवले निरीक्षण गरेका हुन्।

सार्वजनिक यातायातको मनलाग्दीविरुद्ध यात्रु

केही यातायात व्यवसायीले आफूखुशी सार्वजनिक यातायातको भाडा लिने गरेको तर सरोकारवाला सरकारी निकायले अनुगमन नगरेको भन्दै यात्रु स्वयं कारवाहीमा उत्रन थालेका छन्। राजधानीमा सञ्चालित बाबा गोकर्णेश्वर, सिटी यातायात र सुन्दरीमाई यातायात कम्पनीमा दर्ता भएका सार्वजनिक यातायातका परिचालकले यातायात व्यवस्था विभागले गत असोज ७ गते तोकेभन्दा बढी भाडा लिन थालेका थिए।

सडक सुरक्षाको अवलोकन

रूकुम र डोल्पाको सीमा क्षेत्रमा पर्ने साङ्गले तुसारेदेखि छलगाडसम्मको सडकखण्डको सुरक्षा अवस्था बुझ्न पहिलो पटक जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले स्थलगत निरीक्षण र अवलोकन गरेका छन्।

मेडिकल कलेजको अनुगमन संसदीय समितिले गर्ने

मुलुकभरका मेडिकल कलेजमा भइरहेको बदमासी र हेलचेक्राइलाई संघीय संसदको शिक्षा समितिले अनुगमन गर्ने भएको छ। मुलकभर रहेका २२ वटा मेडिकल कलेजमा मापदण्ड वीपरित चर्को शुल्क लिएको तथा शिक्षामा गुणस्तर प-याउन नसकिरहेको बेला समितिले अनुगमन गर्न लागेको हो।

'उपभोक्ताकाे हित रक्षा नगरी अर्थतन्त्र बलियो हुँदैन'

जतिसुकै राम्रो उपभोक्तामैत्री कानुन भए पनि कानुन आफै बोल्दो रहेनछ, सम्बन्धित सरोकारवालाले यसलाई कार्यान्वयनमा नल्याए सम्म कानुनको कालो अक्षर भैंसी बरोबर हुँदोरहेछ।

‘सातामा एक पटक बजार अनुगमन गरिरहेका छौं’

गत आर्थिक वर्षमा १६ वटा वडास्तरीय योजना सम्पन्न गर्यौं। चालू आर्थिक वर्षमा पनि त्यही संख्यामा वडास्तरीय योजना बनाएका छौं। चालू आर्थिक वर्षका धेरै योजना सुरु भइसकेका छन्। केही सम्पन्न पनि भइसकेका छन्। वडाका धेरै पाटीपौवाको जीर्णाेद्धार मर्मतसुधार गर्यौं। समय–समयमा स्वास्थ्य शिविर नियमित रूपमा गरिरहेका छौं। विभिन्न रोगलाई लक्षित गरी शिविर सञ्चालन गरिरहेका छौं।

कार्यसम्पादनमा कमजोर मन्त्री फेर्ने तयारी

कार्यसम्पादन सन्तोषजनक नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी थालेका छन्। प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले अनलाइनमार्फत गरेको अनुगमनमा आधाभन्दा बढी मन्त्री कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षसमेत रहेका ओलीले उनीहरुको विकल्प खोज्न अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समेत छलफल अघि बढाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्