२३ श्रावण २०७७ शुक्रबार

उपत्यकामा संक्रमण बढ्याे, सतर्क हुनुस् : सरकार

स्वास्थ्य मन्त्रालयले उपत्यकामा संक्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ । दिनदिनै संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डा. गौतमले सरकारी, सामुदायिक तथा नीजि कार्यालयहरुमा बैठक, गोष्ठि, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न आग्रह गरेका छन् ।

पोषणयुक्त खानामा सहयोग

विश्व खाद्य कार्यक्रमले अमेरिकाको सहयोगमा नेपालको सुदूरपश्चिम र कर्णाली क्षेत्रका बालबालिकालाई पोषणयुक्त खाना वितरण गर्ने भएको छ ।

नेकपा विवाद थप बल्झिँदै

आन्तरिक विवाद समाधानका लागि बुधबार साँझ हुने भनिएको छलफल प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमेत रहेका ओलीले समय अभाव भन्दै स्थगित गरेपछि मतभेद थप चर्केको बुझिन्छ ।

दाङमा पनि समुदाय स्तरमा कोरोना

दाङमा पनि समुदाय स्तरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । यसअघि सम्म बाह्य मुलुकबाट आएकाहरूमा मात्रै कोरोना संक्रमण देखिएको दाङमा पहिलो पटक समुदाय स्तरमा पनि कोरोना संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लाको गढवा गाउँपालिका–८ कोईलावासका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दर्जन वायुसेवा भदौ १ बाट अन्तर्राष्ट्रिय उडान भर्न इच्छुक

भदौ १ देखि नेपालमा व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान भर्न अनुमति माग्दै दुई स्वदेशीसहित १२ विमान कम्पनीले नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिएका छन् ।

इटहरी र इनरुवामा समुदायस्तरमा कोरोना फैलिँदै

पूर्वका प्रमुख सहर इटहरी र इनरुवामा पछिल्लोसमय समुदायस्तरमै कोरोना संक्रमण देखापर्ने क्रम बढ्दो छ। पहिलोपटक इटहरीमा उपमहानगरपालिकका एक इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएसँगै पिसिआर जाँच बढाइएकोमा थप ४ जनामा पुष्टि भएको छ।

नासाका अन्तरिक्ष यात्रीहरु सकुशल पृथ्वीमा अवतरण

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ।

‘भदौ १ गतेदेखि नयाँ सेवा सूविधा सहित विमानस्थल सञ्चालनमा आउँछ’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ सेवा सूविधा सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताएका छन् । शुक्रबार विमानस्थलको निरीक्षण गरेका मन्त्री भट्टराईले विमानस्थलमा निर्माण भइरहेका पूर्वाधारको निर्माण कार्य सम्पन्न भइसकेकोले भदौ १ गतेदेखि नयाँ सेवा सूविधा सहित विमानस्थल सञ्चालनमा आउने बताएका हुन ।

जुम्लामा राष्ट्रिय परिचय वितरण शुरु

जुम्लामा राष्ट्रिय परिचय पत्र वितरण कार्य शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाललाई परिचय पत्र दिएर औपचारिक रुपमा परिचय वितरण कार्य शुभारम्भ भएको जनाएको हो ।

उदयपुरमा कोरोना समुदायस्तरमा फैलिएको आशंका

पछिल्लो २४ घन्टामा एक कर्मचारी र दुई व्यापारीमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै उदयपुरमा समुदायस्तरमा संक्रमण फैलिएको निश्कर्ष निकाल्दै प्रशासनले सतर्क रहन सबैलाई सचेत गराएको छ ।

समुदायस्तरमा कोरोना फैलिएपछि आइतबारदेखि नेपालगन्जमा निषेधाज्ञा

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणउन्मुख भइरहेका बेला बाँकेमा पुनः समुदायस्तरमा संक्रमण फैलिएको छ। समुदायस्तरमा एकैपटक २७ जनामा संक्रमण देखिएको हो। नेपालगन्जको त्रिभुवन चोक तथा आन्तरिक राजस्व कार्यालय नेपालगन्ज र बाँके जिल्ला अदालतबाट कोरोना संक्रमित फेला परेका हुन्। समुदायस्तरमा एक्कासि संक्रमण बढेपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आकस्मिक बैठकले आगामी आइतबारबाट लागू हुनेगरी ३ दिनका लागि बाँके जिल्लाभर पूर्ण रूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

धरानमा अत्यावश्यकबाहेक अन्य पसल बिहान ९ देखि ५ बजेसम्म खोल्न पाइने

धरानमा अत्यावश्यकबाहेकको पसलहरु बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ ।

तरकारीको भाउ छोई नसक्नु

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) कहरले ह्वात्तै बढेको हरियो तरकारीको भाउ बढ्ने क्रम लकडाउन खुल्दा पनि थयावत छ ।

बढेको बढ्यै तरकारीको भाउ

कलंकी बस्ने कैलालीका धनबहादुर शाह मंगलबार नजिकैको तरकारी पसलमा गोलभेंडा किन्न गए। ‘एक हप्ताअघि ३५ रुपैयाँ किलोमा पाएको गोलभेंडाको भाउ सय रुपैयाँ पुगेछ,’ उनले भने, ‘अरु तरकारी त अगाडिदेखि नै छोइनसक्नु थियो। सस्तो भनेको गोलेभेंडाको मूल्य पनि नसोचेको माथि पुगेछ।’

कर्णालीमा उर्लियो बाढी, उच्च सतर्कता अपनाउन ‘अलर्ट’

प्रशासन कार्यालयअन्तर्गत जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बुधबार बिहान सूचना जारी गर्दै कर्णाली नदीको चिसापानीस्थित बाढी मापन केन्द्रमा बिहान ९ः२० बजेसम्म नदीमा जलसतहले सतर्कता तह पार गरिसकेको जानकारी गराएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्