लन्डनमा ‘सम्हालिन्छ कहिले मन’
फिल्म ‘सम्हालिन्छ कहिले मन’को बेलायतको लण्डनमा छायांकन सुरु भएको छ। क्यामरा पुजा गरेर छायांकन सुरु भएको फिल्ममा नायिका पुजा शर्मा र नवनायक सोनम तोप्देनले पहिलो सट दिएका थिए।
फिल्म ‘सम्हालिन्छ कहिले मन’को बेलायतको लण्डनमा छायांकन सुरु भएको छ। क्यामरा पुजा गरेर छायांकन सुरु भएको फिल्ममा नायिका पुजा शर्मा र नवनायक सोनम तोप्देनले पहिलो सट दिएका थिए।
अर्थमन्त्री डा युवराज खतिवडा बेलायत जाने भएका छन्। लण्डनस्थित नेपाली राजदूतावासका अनुसार उनी आगामी फेब्रुअरी २० तारिखमा त्यहाँ आइपुग्ने कार्यक्रम तय भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेलायतमा समेत सरकारको विरोध गरिएको छ । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले सोमवार लण्डनस्थित नेपाली दूतावास भवनमा जम्मा भएर सरकारको विरोध गर्दै सरकारबिरुद्ध ज्ञापनपत्र बुझाएको छ।
लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बाघको संरक्षणमा नेपालले प्राप्त गरेको सफलताको खुलेर प्रशंसा गरेका छन्।
नेपथ्यले तेस्रोपटक बेलायतमा प्रस्तुती दिने भएको छ। पाँच वर्षअघि विम्बले एरेना, तीन वर्षअघि लण्डनको ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुती दिएको नेपथ्यले यसपटक पनि सेप्टेम्बर १ मा ओ टु एकेडेमीमै प्रस्तुती दिन लागेको हो।
नेपाल पत्रकार महासंघ यूके शाखाको आगामि शनिवार हुने चौथो अधिवेशनमा भाग लिन केन्द्रिय नेताहरु लण्डन आउने भएका छन् । अल्डरशटस्थित एम्पायर हलमा सम्पन्न हुने अधिवेशनलाई सम्वोधन गर्न अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट लण्डन आउन लागेका हुन् ।
गुडिरहेको कारले ठक्कर दिँदा लण्डनमा एक नेपाली महिलाको मृत्यु भएको छ। हन्स्लो वेष्ट बस्ने ४९ वर्षिया मिना लिम्बुको बाटो काट्ने बेलामा कारले ठक्कर दिएपछि घटना स्थलमै मृत्यु भएको हो।
बेलायतको विश्वप्रख्यात ट्राफल्गर स्क्वायरमा २५६२ औं बुद्धजयन्ती मनाउने तयारी गरिएको छ । बुद्ध फाउन्डेसन युके र कपिलवस्तु अभियानको आयोजना तथा नेपाली दूतावास लन्डनको सहकार्यमा मे ५ तारिखका दिन बुद्धजयन्ती विशेष कार्यक्रमका बीच मनाइने फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । नेपालको पर्यटन प्रवद्र्धन र बुद्ध जन्मस्थलबारे भ्रम चिर्न कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ।
बेलायतमा पहिलोपल्ट बृहत् रूपमा कविता कन्सर्टको आयोजना गरिने भएको छ।
लण्डनको भूमिगत अक्स्फोर्ड सर्कस ट्युब स्टेशन सुरक्षाकर्मीले बन्द गराएका छन्। साे ठाउँमा सुरक्षाकर्मीले आतंककारीमाथि जवाफी फायरिङ गरेजस्तो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन्।
मिलन चाम्सको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘लिलीबिली’ को सुुटिङ लण्डन तथा स्कटल्याण्डमा भइरहेको छ । पछिल्लो समयका चर्चित नायक प्रदीप खड्का तथा प्रियंका कार्कीको मुख्य अभिनय रहेको फिल्म लिलीबिलीमा जसिता गुरुङ पनि मुख्यरुपमै देखा पर्दैछन् ।
पहिलो पटक वेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश गोपाल पराजुलीले बडादशैँ—२०७४ को अवसरमा लण्डनमा सर्वसाधारणलाई टिका लगाइदिएका छन्।
वेलायतका कार्यरत पत्रकार नरेन्द्र बस्नेतले हरितालिका तीजको अवसर पारेर तीज गीत सार्वजनिक गरेका छन्। अनलाइन गोर्खा रेडियोका सञ्चालक तथा नेपाल पत्रकार महासंघ यूकेका सदस्य बस्नेतको शब्दमा कला पंगेनी र खुमन अधिकारीको स्वर दिएका छन्। कृष्ण बिकको संगीत रहेको गीत पापी घरैमा‘ को म्यूजिक भिडियो भर्खर सार्वजनिक गरिएको हो।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले युवाहरुकालागि नेपाली दूतावासको ढोका सँधै खुला रहने बताएका छन्।
उद्योगमन्त्री नवीन्द्रराज जोशीले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।