coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बाँकेका किसान चैते धानखेतीमा

बाँकेमा नयाँनयाँ किसानले चैते धानखेती गर्न थालेका छन्। सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन्।

काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते, तीनजनाको अवस्था गम्भीर

काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। चौँरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ जाँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका– ५ मुलाबारीमा दुर्घटना भएको हो।

डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन्।

नयाँ पुस्तालाई निगालोका सामग्री बुन्ने सीप सिकाउँदै वडा

जुम्लाको तातोपानी गाउँपालिका ४ ले नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेको छ।

प्रकाश स्मृति भलिबलको तयारी पूरा

वैशाखको अन्तिम साता हुने प्रकाश स्मृति बाग्मती प्रदेश अन्तरनगरपालिका भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ।

दुलेगौंडा-लामागाउँ सडक स्तरोन्नति

दुलेगौंडा-लामागाउँ सडकअन्तर्गत दुलेगौंडा-लिलाचोक खण्ड २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ को लागतमा स्तरोन्नति सुरु भएको छ।

उच्च हिमाली क्षेत्र याङमा बस्तीमा बाल शिक्षा र स्वास्थ्य एकाइ स्थापना

समुद्री सतहदेखि चार हजार दुई सय मिटरको उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ७ स्थित याङमा बस्तीमा बाल शिक्षा र स्वास्थ्य एकाइ स्थापना भएको छ।

ओखरका बिरुवा बेचेर करोडौँ रुपैयाँ कमाउँछन् जुम्ली किसान

जुम्लाको पातारासी गाउँपालिका-७ घोडासैन गाउँका सिंह कठायतलाई दाँतेओखरका बिरुवा बेच्न भ्याइनभ्याइ छ।

विमानस्थलको स्तरोन्नति गर्न माग

दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरोन्नतिको माग गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य धनबहादुर मास्कीले सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनलाई मागपत्र पेस गरेका छन्।

घरमा आगलागी हुँदा १३ लाखभन्दा बढीको क्षति

आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ। मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा १३ लाखभन्दा बढीको क्षति भएको छ।

चेपाङ गाउँमा आवासीय सुविधासहित विद्यालय चलाउने तयारीमा गाउँपालिका

चितवनको इच्छाकामना गाउँपालिका–१ भाराङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा आवासीय सुविधासहितको विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ।

थाप्राङ–तिपाङ जोड्ने पुल निर्माण

चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। सो पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्